बारामा २२ वटा रक्सीभट्टी तोडफोड गरी १ लाख ४१ हजार लिटर मदिरा नष्ट

बारामा २२ वटा रक्सीभट्टी तोडफोड गरी १ लाख ४१ हजार लिटर मदिरा नष्ट
सुन्नुहोस्

वीरगन्ज : बारामा तीन दिनयतादेखि प्रहरीले अवैध रूपमा घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीहरू नष्ट गर्ने अभियान चलाएको छ।  

गत शुक्रबारदेखि थालिएको उक्त अभियानअन्तर्गत तीन दिनमा प्रहरीले विभिन्न गाउँमा लुकाइ छिपाई सञ्चालित २२ वटा रक्सी भट्टी भत्काएर नष्ट गरेको छ। 

यस्तै ती रक्सी भट्टीबाट कच्चा पदार्थ र तयारी गरी १ लाख ४१ हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको बाराका प्रहरी प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। यस्तै घरेलु मदिरा बनाउन प्रयोग गरिएका ड्रम १ सय २४ थान र मेसिन १२ वटा बरामद गरिएको न्यौपानेले बतााए। 

उनका अनुसार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बारागढी गाउँपालिका-३ खोपवामा सञ्चालित दुई र वडा नम्बर २ दउरवामा तीन वटा रक्सी भट्टी तोडफोड गरेर नष्ट गरेको हो। 

त्यसक्रममा रक्सी बनाउन प्रयोग हुने ३४ वटा ड्रम र दुई वटा ड्रम बरामद गर्नुका साथै ३५ हजार लिटर कच्चा पदार्थ र ५५ हजार लिटर तयारी मदिरा बरामद गरि नष्ट गरिएको न्यौपानेले बताए। 

यस्तै गत बिहीबार करैयामाई गाउँपालिका-३ गालोपट्टीमा एउटा र महागढीमाई नगरपालिका-३ गन्जभवानीपुरमा ९ वटा रक्सी भट्टी भत्काएर नष्ट गरिएको उनले बताए। 

त्यसक्रममा मदिरा बनाउन प्रयोग गरिने १४ थान ड्रम र ५ थान मेसिन बरामद गरिएको तथा कच्चा पदार्थ ५४ हजार लिटर र तयारी मदिरा २ हजार ५ सय लिटर नष्ट गरिएको न्यौपानेले जानकारी गराए। 

यसैगरी गत बुधबार पचरौता नगरपालिका-८ छपकैयामा पाँच वटा र आदर्शकोतवाल गाउँपालिका-६ पटेर्वा गाउँमा दुई वटा रक्सी भट्टी नष्ट गरिएको उनले बताए।

त्यसक्रममा रक्सी बनाउन प्रयोग गरिएको ड्रम ७६ थान र मेसिन पाँच थान बरामद गर्नुका साथै कच्चा पदार्थ ४० हजार लिटर र तयारी मदिरा पाँच हजार  लिटर नष्ट गगरिएको जानकारी उनले दिए। 

विशेष गरी भारतसँग खुल्ला सीमा जाोडिएका जिल्लाका गाउँहरूमा प्रहरीले घरेलु मदिरा उत्पादन गर्ने रक्सी भट्टीको खोजी गर्दै नष्ट गर्ने अभियाान थालेको हो। 

सीमावर्ती भारतको बिहारमा त्यहाँको सरकारले मदिराको उत्पादन, ओसार पसार , बिक्री वितरण र सेवनमा ९ वर्ष पहिलेदेखि प्रतिबन्ध लगाएको छ। जसका कारण बिहारसँग सीमा जोडिएका मधेसका जिल्लाका सीमावर्ती गाउँहरूमा घरेलु रक्सीको उत्पादन र भारतमा तस्करी हुदै आएको छ। 

यही असोज ८ गते बाराको पचरौता नगरपालिका-१ पिपरपातीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमै सञ्चालित रक्सी भट्टीमा एक पूर्व सशस्त्र प्रहरी जवानको हत्या भएपछि बारामा प्रहरीले रक्सी भट्टी नष्ट गर्ने अभियानलार्ई तीव्र बनाएको हो। 

तीनवर्षअअघि २०७६ असोज १६ मा बाराकै फेटा गाउँपालिका-४ बतरा गाउँमा अवैध रूपमा सञ्चालित घरेलु मदिरा उत्पादन  गर्ने रक्सी भट्टीको भूमिगत ट्यांकीभित्र निसास्सिएर एकै परिवारका चार जनासहित पाँच जनाको मृत्यु भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.