फूलबारी कपको उपाधि एन्टिभाइरसलाई

फूलबारी कपको उपाधि एन्टिभाइरसलाई
सुन्नुहोस्

गुलरिया : बर्दियामा सञ्चालन भएको प्रथम फूलबारी कपको उपाधि बारबर्दिया नगरपालिकाको एन्टीभाइरस युवा समाज जमुनियाले चुमेको छ। 

आयोजक फूलबारी युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै एन्टीभाइरस विजेता बनेको हो।  आयोजक फूलबारी क्लब उपविजेता बनेको छ। बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ५ स्थित बालापुरको खेल मैदानमा भएको प्रतिस्पर्धामा १४ वटा टिमको सहभागिता थियो। 

खेलमा सर्वाधिक गोलकर्ता एफसी ईगल्स युथ क्लबका दिपेन्द्र चुनारा, उत्कृष्ट खेलाडी एन्टिभाइरस युवा क्लबका हिमाल गुरुङ र उत्कृष्ट गोल रक्षक एन्टीभाइरसका विशाल थारू, उदयमान खेलाडी फूलबारी युवा क्लबका अपसान गुरुङ घोषित भए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.