संस्थागत विद्यालय सुधार गरिने

संस्थागत विद्यालय सुधार गरिने

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले संस्थागत (निजी) क्षेत्रका विद्यालयको मनपरितन्त्रलाई अंकुश लगाएको छ। शिक्षक तथा कर्मचारीको तलब, सेवासुविधा, छात्रवृत्तिमा भएको आफूखुशी निर्णयलाई एकरूपता कायम गर्ने गरी नगरपालिकाले निजी क्षेत्रका विद्यालय सुधार सम्बन्धी निर्णय लिएको हो। 

नगर शिक्षा समितिको बैठकले निजी विद्यालयका शिक्षक, कर्मचारीलाई श्रम ऐनले तोके अनुसारको न्यूनतम पारिश्रमिक (तलब) उपलब्ध गराउनुपर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रामेश्वर कुँवरले बताए। 

त्यसैगरी शिक्षक तथा कर्मचारीलाई तत्काल सेवासुविधाका सर्तहरू तोकेर नियुक्ति पत्र दिनुपर्ने, तलबभत्ता बैंक खातामार्फत भुक्तानी हुनुपर्ने र अनिवार्य रूपमा सामाजिक सुरक्षा कर कट्टा गर्ने निर्णय गरिएको उनले बताए। 

उनका अनुसार विद्यालयले कूल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतमा नघटाई जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्दपीडित र सहिद परिवारका विद्यार्थीलाई समावेशीताका आधारमा छात्रवृत्ति उपलब्ध गराउन आगामी शैक्षिक शत्रबाट सुरु हुने गरी तयारी थाल्ने निर्णय गरेको छ। 

यसका लागि शिक्षा शाखा मार्फत सूचना प्रकाशन गरी आवश्यक प्रक्रिया अवलम्बन गर्ने निर्णय गरिएको छ। बैठकले यसै शैक्षिक सत्र भित्र विद्यालयलाई वर्गीकरण र शुल्क निर्धारण सम्बन्धी व्यवस्थापनका लागि आवश्यक कागजातसहित सम्बन्धित निकायमा पेश गर्न निर्देश गरेको छ। 

त्यस्तै संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकाबमोजिम कक्षाकोठा, प्रयोगशाला, पुस्तकालय, खेलमैदान, शौचालय, शिक्षक विद्यार्थी अनुपात, कक्षाकोठा र विद्यार्थी अनुपात जस्ता तोकिएका मापदण्डहरू आगामी शैक्षिक सत्रदेखि पूर्ण रूपमा पालना गराउने निर्णय गरिएको कुँवरले बताए। 

बैठकले नगर भित्र सञ्चालित सामुदायिक विद्यालयहरूको स्थलगत अनुगमन अन्वेशन अनुसन्धान गर्ने, शैक्षिक तथ्यांकहरू संकलन गर्ने र त्यसको व्याख्या विश्लेषण विद्यमान समस्या पहिचान गरी समस्या समाधान गर्ने उपायको खोजीसहितको प्रतिवेदन शिक्षा शाखामार्फत नगर शिक्षा समितिमा पेश गर्ने निर्णय भएको उनले बताए। 

बैठकले स्थानीय पाठ्यक्रम निर्माणका लागि ड्राफ्ट तयार गर्ने समेत निर्णय गरेको छ। त्यस्तै नगर क्षेत्रको शैक्षिक गुणस्तर सुधारका लागि निकट भविष्यमा सबै विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्ष तथा वडाध्यक्षको उपस्थितिमा भेला बोलाई आवश्यक निर्णय लिने निर्णय भएको मेयर कालुमान लामाले बताए। 

उनका अनुसार नगरपालिकाले उपलब्ध गराउने विपन्न लक्षित छात्रवृत्ति वितरण नारद आदर्श शिक्षा क्याम्पस बसाहा, ज्योति जनता क्याम्पस सातधारे र नगर भित्र सञ्चालित कक्षा ११/१२ अध्यापन हुने सामुदायिक विद्यालयका ११ र १२ मा अध्ययनरत विपन्न छात्र छात्राहरूको विवरण सोही क्याम्पस तथा विद्यालयबाट सिफारिससहित माग गरी प्राथमिकताका आधारमा वितरण गरिने छ। 

त्यसैगरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयको नियमित सुपरिवेक्षण गरि शिक्षा शाखामार्फत प्रतिवेदन तयार गर्ने र प्रतिवेदनका आधारमा आवश्यक रहेका सामुदायिक विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्ने समेत निर्णय गरिएको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.