मकवानपुरको मनहरीमा ८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ

मकवानपुरको मनहरीमा ८ लाख नगद र लागूऔषधसहित ५ जना पक्राउ
सुन्नुहोस्

हेटौंडा : मकवानपुरको मनहरी गाउँपालिका-६ स्थित नयाँबस्तीमा ८ लाख नगद र लागूऔषधसहित ५ जनालाई पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय मनहरीको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेहरूमा मकवानपुरको कैलाश गाउँपालिका–८ बस्ने ३१ वर्षीय विकास मोक्तान, सोही स्थान बस्ने ३५ वर्षीय रामबहादुर स्याङबो, पर्सा ठोरी गाउँपालिका–८ बस्ने ३२ वर्षीय जित बहादुर चापागाई, मकवानपुरको मनहरी गाउँपालिका–४ रमनटार बस्ने ३० वर्षीय रामचन्द्र गोले र सोही स्थान बस्ने २० वर्षीय दालबहादुर मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालले बताए। 

उनीहरूलाई मनहरी गाउँपालिका-६  स्थित नयाँबस्तीमा प्रदेश ३–०३–००१ प ४५४१ नम्बरको मोटरसाइकलसहित बाटोमा बसिरहेको अवस्थामा ६ सय २ बोतल कोडिन फास्फेट,२० ग्राम चरेस र नगदसहित पक्राउ गरिएको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.