पहिरोले पुरिएर जेसिबी डोजर चालक खड्काको मृत्यु
तानसेन : पाल्पामा पहिरोले पुरिएर जेसिबीका चालकको मृत्यु भएको छ । दाङ शान्ती नगर गाउँपालिका-१ का ३० वर्षीय धनवीर खड्काको पहिरोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।
आइतबार बेलुका पौने ७ बजेतिर पाल्पाको रामपुर नगरपालिका- १ टोक्सेबाट बर्दले जाने भित्री सडक मर्मत गर्ने क्रममा माथिबाट खसेको सुख्खा पहिरोले बा २ क १९५७ नम्बर जेसीबी डोजर पुरिएको हो।
पहिरोले पुरिएका चालक खड्कालाई स्थानीयवासी, प्रहरी चौकी हुगी र ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको टोलीले उद्धार गरी उपचारको लागि मिशन अस्पताल तानसेन पठाएका थिए। उनको उपचारको क्रममा बिहान ३ बजे मृत्यु भएको उपरीक्षक श्रेष्ठले जानकारी दिए।