अन्डरवेयर र मलद्वारभित्र लागु औषध ल्याउने दुई जना पक्राउ

अन्डरवेयर र मलद्वारभित्र लागु औषध ल्याउने दुई जना पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

झापा : भद्रपुर र मेचीनगरबाट लागु औषध ब्राउन सुगर र खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका- ५ स्थित मेची पुलबाट ब्राउन सुगरसहित बिर्तामोड नगरपालिका- ३ निवासी १९ वर्षीय अनुज राजवंशी पक्राउ परेका छन् । 

भारतबाट नेपालतर्फ आउँदै गरेको मे १० प २७१५ नम्बरको मोटरसाइकलमा सवार राजवंशीलाई मेची पुलमा खटिएका सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले रोकेर चेकजाँच गरेका थिए । प्रहरीले उनको शरीर चेकजाँच गर्दा अन्डरवेयरभित्र लुकाएर ल्याएको १ ग्राम २३० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो । उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी कार्यालय झापामा राखिएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ स्थित मेची पुल नजिकैबाट इलाम नगरपालिका- ९ गोलबस्ती निवासी १८ वर्षीय रोहण खवासलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको खवासलाई शंका लागी प्रहरीले चेकजाँच गर्दा मलद्वारभित्र लुकाएर ल्याएको ४ ग्राम ५०० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । उनलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.