क्यानडाका प्रधानमन्त्रीले भने- इजरायलमाथिको आक्रमण आतंकवादी हमला हो

क्यानडाका प्रधानमन्त्रीले भने- इजरायलमाथिको आक्रमण आतंकवादी हमला हो
सुन्नुहोस्

एजेन्सी : हमासले इजरायलमाथि गरेको आक्रमणलाई क्यानडाले 'आतंकवादी हमला'को संज्ञा दिएको छ। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रु्डोको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आतंकवादी संगठन हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गर्दै इजरायलको समर्थन गरेको छ।

'आतंकवादी संगठन हमासले इजरायलमाथि सुनियोजित ढंगले आक्रमण गरेको छ। क्यानडाले आक्रमणको कडा शब्दामा र अन्तर्राष्ट्रिय कानुनअनुसार निन्दा गर्दछ। इजरायलको अधिकार र रक्षाका लागि समर्थन गर्दछ,'विज्ञप्तिमा भनिएको छ।

इजरायलमाथिको आक्रमणले स्तब्ध बनाएको भन्दै प्रधानमन्त्री ट्रुडोले बन्धकहरूलाई तुरून्त रिहा गर्न माग गरेका छन्। उनले भनेका छन्-'हामी यस क्षेत्रमा शान्ति र सुरक्षा पुनर्स्थापना गर्न हाम्रा अन्तरर्राष्ट्रिय साझेदारहरूसँग सम्पर्कमा छौं। हामी सबैले आम जनताको सुरक्षाको लागि काम गर्नुपर्छ।'

शनिबार बिहानदेखि हमासले इजरायलमाथि आक्रमण सुरू गरेको हो। इजरायलले पनि हमासविरुद्ध जवाफी आक्रमण गरिरहेको छ।

आक्रमणमा परी हालसम्म  ७०० बढी इजराइली र ४०० बढी प्यालेस्टाइनीको मृत्यु भएको छ। अमेरिका,जर्मनी,फ्रान्स,ब्रिटेनलगायत पश्चिमी देशहरूले आक्रमणको निन्दा गर्दै इजरायलको समर्थन जनाएका  छन्। भारतले पनि इजरायलको समर्थनमा उभिएको छ।

अमेरकाले इजरायललाई सहयोग गर्न युद्धपोत र विमान पठाएको छ। उसले थप सैन्य सहयोग उपलब्ध गराउने पनि बताएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.