इजरायल आक्रमण फसेका नेपालीको उद्दारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्न माग

इजरायल आक्रमण फसेका नेपालीको उद्दारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्न माग
सुन्नुहोस्

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले इजरायलमा हमासको आक्रमणमा नेपालीको उद्धारका लागि संसदबाट विशेष प्रस्ताव पारित गर्नुपर्ने जनाएको छ ।  सोमबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग छलफल गर्दै दुई दलले इजरायल घटनालाई संसदमा सघनरुपमा उठाउने भन्दै स्थगनको प्रस्ताव,सार्वजनिक महत्वको प्रस्ताव वा संकल्प प्रस्तावमार्फत छलफल गर्नुपर्नेमा जनाएका हुन्।

इजरायलमा हमासको आक्रमणका कारण १० जना नेपालको मृत्यु भएको र त्यहा रहेका अन्य नेपालीहरूको अवस्थामा नाजुक भएको अवस्थामा सरकारले गम्भीरताका साथ चासो लिनुपर्नेमा आफूहरुको जोड रहेको एमाले प्रमुख सचेतक पदम गिरीले बताए।

उनले घटनापछि सरकारले अहिले केहि पनि गर्न नसकेको बताए । इजरायल घटनामा सरकार निकम्मा भएर बस्न नमिल्ने उनको भनाइ छ । छलफलमा राप्रपाले संसदको नियमित कार्यसूचीलाई परिर्वतन गरेर इजरायल घटनामा केन्द्रीत हुनुपर्नेमा जोड दिएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.