प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते

प्रशासकीय अधिकृतको कुटाइबाट कार्यालय सहयोगी घाइते
सुन्नुहोस्

फिदिम : पाँचथरको याङ्वरक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले कार्यालय सहयोगी छत्र सुवेदीलाई कुटपिट गरेका छन्। 

कुटाईबाट सुवेदी घाइते छन्। सुवेदीको दाया आँखाको डिलमा चोट लाग्नुको साथै अनुहार सुनिएको छ। आइतबार लिङ्देनले सुवेदीलाई दुई पटक क्वाटरमा बोलाए। ‘भाई हिजो बेलुका यमुनाको होटलमा बसेको हो ?,’ सुवेदीलाई पहिलोपटक क्वाटरमा बोलाएर लिङ्देनले केरकार गरे। जवाफमा सुवेदीले भने ‘हैन हामी सुवर्ण केदम सरको कोठामा बस्यौ।’ केदम सोही पालिकाका कर्मचारी हुन्। केही समय केरकार गरेपछि सुवेदीलाई लिङ्देनले त्यहाँबाट पठाए। 

दोस्रोपटक सुवेदीलाई लिङ्देनले क्वाटरमा बोलाए। पुग्नेबित्तिकै लिङ्देनले सुवेदीलाई झम्टिए। ढोका बन्द गरे र सुवेदीलाई कुटपिट गरे। ‘हिजो किन म्यासेज गरेको भनेर हाकिम सापले कुट्नुभयो,’ सुवेदीले भने ‘कस्तो म्यासेज हो त्यो मलाई थाहा छैन। मैले उहाँलाई म्यासेज लेखेको पनि छैन।,’

उक्त घटना सामान्य भएको लिङदेनको भनाइ छ। ‘हामी छलफलमा छौँ,’ लिङ्देनले फोनमा भने ‘घटना सामान्य हो। कुटपिट भएकै छैन।’ कुटपिटको घटनालाई सामसुम बनाउन एकथरी कर्मचारी र जनप्रतिनिधि लागि परेका छन्। 

घटनाका विषयमा पालिका अध्यक्ष सुवास योङ्या र उपाध्यक्ष बाबा मेनेङ्बो बोल्न चाहेनन्। उनीहरूले सदरमुकाम फिदिम आउँदै गरेको र केही समयपछि बुझेर बोल्ने प्रतिक्रिया दिएका छन्।  

म्यासेज कस्तो थियो र कसले पठाएको भनेर प्रष्ट रूपमा लिङ्देनले बताउन चाहेका छैनन्। लिङ्देन र पालिकाकी एक महिला कर्मचारीबीचको अनैतिक सम्बन्धका बारेमा म्यासेज भएकाले लिङ्देनले खुलाउन नचाएको स्रोतको दावी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.