इजरायल- हमासबीच युद्ध

प्रधानमन्त्रीको सचिवालयले भन्यो- सुरक्षा खतरा रहेकाले बंकरबाट विद्यार्थी निकाल्न केही ढिलाइ भएको हो

प्रधानमन्त्रीको सचिवालयले भन्यो- सुरक्षा खतरा रहेकाले बंकरबाट विद्यार्थी निकाल्न केही ढिलाइ भएको हो
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलमा हमासको आक्रमणपछि त्यहाँको अवस्था बुझ्न र मृत्यु भएकाको शव पहिचान गरी नेपाल ल्याउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री दाहालले घाइतेको उपचार,हराएका खोजि,घटनामा परी निधन भएकाहरुको शव पहिचान गरी नेपाल ल्याउन पहल गर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएको प्रधानमन्त्रीको स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन्।

इजरायलमा फसेका नेपालीहरूलाई ल्याउने व्यवस्थाबारे जानकारी लिन प्रधानमन्त्रीले भनेका छन्। विद्यार्थीहरू बाहिर निकाल्दा सुरक्षा खतरा हुने भन्दै इजरायल पक्षले नमानेका कारण बंकरबाट विद्यार्थी निकाल्न केही ढिलाइ भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीका स्वकीय सचिव मल्लले भने- 'इजरायली पक्षसँग कुरा गरी आज नै युद्ध क्षेत्रका विद्यार्थीहरुलाई सुरक्षित स्थानमा लगिदैछ। हमास समूह लुकिछिपी बसेको आशङ्का गरिएको क्षेत्रमा विद्यार्थी बाहिर निकाल्दा सुरक्षामा खतरा हुने भन्दै इजरायल पक्षले नमानेकोले बङ्करको विद्यार्थीलाई निकाल्न केही ढिलाइ भएको हो। '

उनले इजरायलमा फसेका नेपालीको उद्दारका लागि परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा र्यापिड एक्सन टोली गठन गरिएको र  सो टोलीले काम गरिरहेको बताए।

इजरायलमाथि हमासको आक्रमणपरी १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.