छिट्टै उद्दार गर्ने आश्वासन

इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे संवाद

इजरायलको बंकरमा रहेका विद्यार्थीसँग प्रधानमन्त्रीले गरे संवाद

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इजरायलको बंकरमा बसेका नेपाली विद्यार्थीसँग संवाद गरेका छन्। प्रधानमन्त्री दाहालले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीहरूमध्येका विपिन सुवेदीसँग भर्चुअल माध्यमबाट संवाद गरेका हुन्।

संवादका क्रममा प्रधानमन्त्रीले निरन्तर अपडेट लिइरहेको र त्यहाँ रहेका नेपालीको उद्दारका लागि मन्त्रिपरिषद बैठक र सर्वदलीय बैठक बोलाएको जानकारी गराएका छन्। 

विपिनले जतिसक्दो चाँडो उद्दार गर्न आग्रह गरेका थिए। 

सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थीहरू इजरायल गएका थिए। जसमध्ये सुदूरपश्चिमका ७ जनासहित १० जना विद्यार्थीको निधन भएको परराष्ट्रमन्त्रालयले पुष्टि गरेको छ।

शनिबार बिहानदेखि सुरू भएको आक्रमण जारी छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.