इजरायलमा निधन भएका विद्यार्थीको शव तत्काल ल्याउन नेता केसीको आग्रह

इजरायलमा निधन भएका विद्यार्थीको शव तत्काल ल्याउन नेता केसीको आग्रह
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले इजरायलमा निधन भएका विद्यार्थीको शव तत्काल ल्याउन सरकारसँग जोडदार माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेता सिंहले हमासको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीको शव तत्काल ल्याउन सरकारसँग माग गरेका हुन्।

उनले इजरायलमा रहेका नेपालीकी संख्या यकिन गरी संसदमा जानकारी गराउन समेत आग्रह गरे। उनले भने,'इजरायलमा झन्डै एक लाख २३ हजार विस्थापित भएको खबर प्राप्त भएको छ। त्यसमा नेपाली के कति छन् परेका छन् यसको विवरण संसदमा प्रस्तुत गरियोस्।'

उनले इजरायलमा पछिल्लो पटक विकसित घटनाबारेमा बुझ्न पनि सरकारसँग माग गरे। नेता केसीले आक्रमणमा परी घाइते विद्यार्थीको उपचार र उद्दारका लागि छिटो पहल गर्नुपर्ने बताए।

इजरायलमाथि हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको निधन भएको परराष्ट्रमन्त्रालयले पुष्टि गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.