व्यवसायी दुर्गा प्रसाईंलाई मोसो दलियो
काठमाडौं : व्यवसायी दुर्गा प्रसाईंलाई कालो मोसो दलिएको छ। राजधानीमा पत्रकार सम्मेलनमा प्रसाईंमाथि केही युवाहरूले कालो मोसो दलेका हुन्।
पत्रकार सम्मेलनबाट बाहिरिने क्रममा उनीमाथि मोसो दलिएको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए।
कडायतका अनुसार प्रसाईंलाई मोसो दल्ने समूहको खोजि भइरहेको छ। जमलस्थित होटल एलो प्यागोडा परिसरमा उनीमाथि अज्ञात समूहले कालो मोसो दलेको हो।