ऐतिहासिक लोघेकर गुम्बाको पुनःनिर्माण सम्पन्न, राजदूत थम्पसनले गरे हस्तान्तरण
![ऐतिहासिक लोघेकर गुम्बाको पुनःनिर्माण सम्पन्न, राजदूत थम्पसनले गरे हस्तान्तरण](https://annapurnapost.prixacdn.net/media/albums/mustang_news_u4XJg6g9Rd_hHx3AzvUbW.jpg)
जोमसोम : आठौं शताब्दीमा निर्माण गरिएको गरिएको ऐतिहासिक तथा धार्मिक सम्पदा लोघेकर (घर) गुम्बाको पुनःनिर्माण गरिएको छ। २०७२ सालको भूकम्पले क्षति तुल्याएपछि तीन वर्षअघि पुनःनिर्माण कार्य सुरु गरिएको थियो।
अमेरिकी राजदूतको सांस्कृतिक संरक्षण कोषको २ लाख ८५ हजार अमेरिकी डलर अनुदान सहयोगमा लोघेकरको पुनःनिर्माण गरिएको हो। गुम्बाको साविकको पहिचान र संस्कृति नमासिनेगरी पुनननिर्माण गरिएको नर्वुसुङ फाउन्डेसनले जनाएको छ।
करिब १३ सय वर्ष पुरानो मराङको लोघेकर समुन्द्री सतहदेखि ४५ सय मिटरको उचाइमा अवस्थित छ। तिब्बतको साम्य गुम्बा बनेपछि लोघेकर निर्माण भएको बताइन्छ। गुम्बा पद्यसम्भव तिब्बत प्रस्थान गर्दा राक्षसलाई बध गरेपछि निर्माण गरिएको बताइन्छ।
यसैबीच अमेरिकी राजदूत डीनआर थम्पसन लोघेकर गुम्बाको अवलोकन गरेका छन्। संघीय प्रतिनिधिसभा सदस्य योगेश गौचन थकाली, सुवर्णकुमार बिष्ट र गाउँपालिका उपाध्यक्ष छिरिङ ल्हामो गुरुङसहित राजदूत थम्पसन गुम्बा पुगेका थिए। सोही अवसरमा नुर्वसुङ फाउन्डेसनमार्फत् पुनननिर्माण भएको गुम्बा राजदूत थम्पसनले हस्तान्तरण गरेका थिए।
राजदूत थम्पसनले ऐतिहासिक तथा धार्मिक सम्पादाको संरक्षण गर्न सबै मिलेर काम गर्न आग्रह गरे। यसअघि उपल्लो मुस्ताङको भ्रमणमा रहेका राजदूत थम्पसनले वारागुङ मुक्तिक्षेत्र-३ छुसाङमा अवस्थित प्रसिद्ध धाङ गुम्बाको पुनःनिर्माण तथा जिर्णोद्धारको शिलन्यास गरेका थिए। सन् १६८० मा आनी गुम्बाको रूपमा निर्माण गिरिएको धाङ गुम्बा मुस्ताङको सबैभन्दा पुरानो संरक्षित बौद्ध स्मारकमध्ये एक हो। यस गुम्बाको संरक्षण रुपरेखा विधि निकै उल्लेखनीय मानिन्छ। अमेरिकी दूतावासको सांस्कृतिक संरक्षण कोषको २ करोड १५ लाख अनुदानमा गुम्बाको पुनननिर्माण सुरु गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)