बोर्डर पास वितरण आजदेखि

कोरला नाका

बोर्डर पास वितरण आजदेखि
सुन्नुहोस्

जोमसोम : उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको मुस्ताङ कोरला नाकाबाट आवतजावत छिट्टै हुने भएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार मंगलबार (आज)देखि सीमा क्षेत्रका नागरिकलाई बोर्डर पास वितरणको थालनी हुनेछ। 

गृह मन्त्रालयले केही दिनअघि सिमाना जोडिएका सम्बन्धित क्षेत्रका स्थानीय प्रशासनलाई बोर्डर अनुमति पासको बुकलेट नमुना ढाँचा उपलब्ध गराएको थियो। उक्त बोर्डर अनुमति पास बुकलेटसम्बन्धी स्थानीय प्रशासनले छपाइ गरी सीमा क्षेत्रका बासिन्दालाई वितरण गर्न गृह मन्त्रालयले निर्देशन पनि दिएको थियो।

कोभिड अघिदेखि बन्द रहेको मुस्ताङको उत्तरी कोरला नाका अब चार वर्षपछि बाह्रैमहिना खुल्ला हुन लागेको छ। यसका लागि जिल्ला प्रशासन कार्यालय मुस्ताङले बोर्डर पास अनुमतिपत्र बुकलेट छपाइसम्बन्धी काम पूरा भएको मुस्ताङका प्रजिअ पन्तले जानकारी दिए। ‘गृह मन्त्रालयबाट प्राप्त बोर्डर पास नमुना छपाइसम्बन्धी काम सकिएको छ,’ प्रजिअ पन्तले भने, ‘अब मंगलबारदेखि सीमा क्षेत्रका नागरिकलाई बोर्डर पास वितरण सुरु गर्छौं।’ बोर्डर पास वितरणका लागि सोमबार जोमसोमबाट चार जना प्रशासनका कर्मचारी इलाका प्रशासन कार्यालय लोमान्थाङमा खटाइसकेको उनले जनाए। 

इलाका प्रशासन कार्यालय लोमान्थाङका कर्मचारीलाई जिल्लामा अस्थायी मर्ज गरिएको थियो। यसैले पनि बोर्डर पास अनुमतिपत्रका लागि पूरा गर्नुपर्ने मापदण्ड र सर्तसहितको सूचना सोमबार जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रजिअ पन्तको भनाइ छ। मुस्ताङ प्रशासनले नेपाल—चीन सीमा क्षेत्रका बासिन्दाका लागि प्रस्थान प्रवेश अनुमतिपत्र बनाउन आवश्यक कागजात पेस गर्न सीमा क्षेत्रका बासिन्दालाई सूचित गराएको छ। बोर्डर प्रस्थान प्रवेश अनुमतिपत्रका लागि निवेदन पेस गर्नुपर्नेछ। सम्बन्धित वडा कार्यालयबाट बसोबास प्रमाणितको सिफारिस लिनुपर्ने हुन्छ। निवेदनका साथ सक्कल नागरिकता र फोटो पेस गर्नु पर्नेछ। यसअघि पास लिएको भए त्यसको सक्कल पास कार्ड बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचित गरेको छ। 

मुस्ताङका प्रजिअ पन्तले उत्तरी कोरला नाका बोर्डर पास वितरण बाह्रैमहिना जारी रहने जानकारी दिए। ‘हामीले हाम्रो तर्फबाट मंगलबारदेखि बोर्डर पास वितरणको काम धमाधम सुरु गर्छौं, यो निरन्तर रही रहनेछ,’ उनले भने, ‘सीमापारिबाट चीनले बोर्डर खुल्ला भएको जानकारी दिएपछि बोर्डर खुल्ला गर्नेछौं।’ कोभिड तथा सुरक्षा संवेदनशीलताका कारण चीनले एकपक्षीय रूपमा उत्तरी कोरला नाका एकाएक बन्द गराएको थियो। लगातार चार वर्षसम्म कोरला नाका बन्द हुँदा उपल्लो मुस्ताङमा चिनियाँ सामग्री आयात गर्न अप्ठ्यारो परेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए। चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडाच्याङ्ग्रा, निर्माण सामग्री, कृषि उपकरण, खाद्यान्न, लत्ता कपडा, इलेक्ट्रोनिक उपकरण आदि सामग्री खरिद गरिन्छ। नेपाल पक्षबाट सीमावर्ती क्षेत्रका बासिन्दाले पस्मिना, यार्सागुम्बा र स्थानीय लोकल उत्पादन तिब्बततर्फ निर्यात गर्छन्। 

कोरलानाका दसैंअगावै खुल्ने प्रतीक्षा गरिए पनि मुस्किल हुने देखिएको छ। चाँडै नाका खुल्ने र तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिएपछि मूल्य सस्तिने विश्वास गरिएको थियो। तर, नाका सञ्चालन गर्न विलम्ब हुँदा तिब्बतबाट भेडाच्याङ्ग्रा नेपाल भिœयाउन सकिएको छैन। 

उत्तरी कोरला नाकास्थित सीमावर्ती क्षेत्रका बासिन्दाका लागि चीन पक्षले बर्सेनि असार र भदौमा सीमित अवधिका लागि तिब्बती भूमिमा व्यापार मेला सञ्चालन गर्दै आएको छ। अब नाका बाह्रैमहिना खुल्ला हुने भएपछि सीमावर्ती क्षेत्रका नागरिकले अनुकूल समयमा तिब्बती बजार पुगेर मालसामान आयात गर्न सहज हुने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.