इजरायलद्वारा गाजामा पूर्ण नाकाबन्दी

बिजुली, खाद्यान्न, औषधी लगायतका आपूर्ति बन्द, मानवीय संकट उत्पन्न हुन सक्ने विज्ञको भनाइ

इजरायलद्वारा गाजामा पूर्ण नाकाबन्दी
सुन्नुहोस्

शनिबार बिहान हमासको आक्रमण सुरु भएदेखि इजरायलले गाजामा खाद्यान्न र औषधिलगायत सबै आपतकालीन सामग्रीको आपूर्ति बन्द गर्ने निर्णय गरेको हो।

इजरायलले गाजामा 'पूर्ण नाकाबन्दी' गरेको छ र बिजुली, पानी, खाद्यान्न र इन्धन आपूर्ति बन्द गरेको छ।

शनिबार बिहान हमासको आक्रमण सुरु भएदेखि इजरायलले गाजामा खाद्यान्न र औषधिलगायत सबै आपतकालीन सामग्रीको आपूर्ति बन्द गर्ने निर्णय गरेको हो।

विज्ञहरुका अनुसार आपूर्तिको अनुमति दिइएन भने, गाजापट्टीमा नयाँ मानवीय संकट उत्पन्न हुनेछ।

गाजामा सम्पूर्ण क्षेत्रका सडकहरू भग्नावशेषमा परिणत भएका छन्। प्यालेस्टाइन टावरलगायत धेरै आवासीय भवनहरूमा इजरायलले आक्रमण गरेको छ ।

यी आक्रमणमा गाजामा करिब ७०० जनाको ज्यान गएको छ भने हजारौं घाइते भएको बताइएको छ ।

गाजा पट्टीमा २३ लाख मानिसहरू बसोबास गर्छन्, जसमध्ये ८० प्रतिशत इजरायलसँग दशकौंदेखिको तनावका कारण मुख्य रूपमा मानवीय सहायतामा निर्भर छन्।

गाजा हमास चरमपन्थीको कब्जामा छ तर यसको हवाई क्षेत्र र तटीय क्षेत्र इजरायलको नियन्त्रणमा छ। जसले यहाँ के आउन सक्छ र यहाँबाट के जान सक्छ भन्ने निर्णय गर्दछ।

गाजाको इजिप्टसँगको सिमानालाई रफाह सीमा भनिन्छ, त्यहाँ इजिप्टले कडा नियम लगाएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.