दसैं, तिहार र छठका अवसरमा ललितपुरमा शुभकामना आदानप्रदान

दसैं, तिहार र छठका अवसरमा ललितपुरमा शुभकामना आदानप्रदान
सुन्नुहोस्

ललितपुर : दसैं, तिहार र छठका अवसरमा ललितपुरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ। 

लायन्स डिष्ट्रिक ३२५ एल नेपाल अन्तर्गत रहेका लायन्स क्लबहरू काठमाडौं बेदव्यास, काठमाडौं सिमिक भेन्चर, काठमाडौं नेपालय, काठमाडौं गौरिशंकर, काठमाडौं ककनी, काठमाडौं निर्जला, काठमाडौं ओम बुद्ध, काठमाडौं स्वःनिग, काठमाडौं टेम्पल चण्डेश्वरी, काठमाडौं ठमेल, काठमाडौं संजिवनी धुलिखेल, काठमाडौं नाला काभ्रे, धादिङ कोशीखोला बुद्ध शान्ति, काठमाडौं बंगलामुखी र काठमाडौं ठमेल एभरेष्ट तथा लियो सिमिक भेन्चर, लियो बेद ब्यासले कार्यक्रम आयोजना गरेका हुन्। 

उक्त कार्यक्रम ललितपुर महानगर पालिकाकी उपमेयर मन्जली शाक्यको प्रमुख आतिथित्यतामा तथा डिष्ट्रिक गर्भनर लायन परमेश्वर बराल लगायत भाईस गभर्नर र पूर्व गभर्नर साथै सभापितत्वमा लायन गयत्री जोशीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। 

कार्यक्रमका प्रमुख अतिथि उप मेयर मन्जली शाक्यले लायन्सले गरेको कामको प्रशंसा गर्दै नेपाली कला संस्कृतिको जगेर्ना गरेकोमा लायन्स क्लबलाई धन्यवाद दिए ।

आउँदै गरेको दसैं, तिहार, नेपाल सम्वत ११४३ तथा छठ पर्वको उपलक्ष्यमा संस्कृति र सम्पदालाई चित्रित गरेर अत्यन्तै सुन्दर ढंगबाट ललितपुरको महालक्ष्मीस्थानमा आयोजित कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउने आयोजना गर्ने टिम तथा डिष्ट्रिक ३२५ एल नेपाल अन्तर्गत रहेका लायन्स क्लबहरूलाई मायाको चिनो र ललितपुर महानगरपालिकाबाट सदैव साथ सहयोग गर्ने बाचा गरेका छन्। कार्यक्रममा बाक्लो उपस्थिति थियो। सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.