सेयर बजारमा १९ अंकको गिरावट, नेप्से १८८९ विन्दुमा

सेयर बजारमा १९ अंकको गिरावट, नेप्से १८८९ विन्दुमा
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि ओरालो लागेको नेप्से परिसूचक मंगलबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

यसदिन नेप्से परिसूचक १९.०६ अंकले घटेर १८८९.५९ विन्दुमा झरेको छ। यो पछिल्लो ४ महिना यताकै न्यून विन्दु हो। यसअघि गत वैशाख १९ गते नेप्से परिसूचक १८६६ विन्दुमा झरेको थियो।

यसदिन सेन्सेटिभ इण्डेक्स ३.४५ अंकले घटेर ३६१.३१ विन्दुमा बन्द भएको छ।

नेप्से घटेपनि यसदिन कारोबार रकम अघिल्लो दिनको तुलनामा सामान्य बढेको  छ। आज २८२ स्क्रीप्टको ४२ लाख ८७ हजार ४२४ कित्ता सेयर १ अर्ब २८ करोड ३१ लाख ८२ हजार १४५ रुपैयाँमा किनबेच भए।  सोमबार १ अर्ब १७ करोडको सेयर कारोबार भएको थियो।

मंगलबार १९३ स्क्रीप्टको मूल्य घट्दा ३१ स्क्रीप्टको मात्रै बढेको हो।

नेप्से घटेको दिन सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता कमाए। यो हाइड्रोपावरको ५.८६ प्रतिशतले सेयर मूल्य बढ्यो।

बराही हाइड्रोपावरको सेयर मूल्य भने ७.६४ प्रतिशतले ओरालो लाग्यो।

कारोबार रकमका आधारमा सानिमा जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २ अर्ब ३७ लाख  ८४ हजार ९९१ रुपैयाँको सेयर कारोबार भयो। नबिल बैंकको ३४ करोड,एनआईसी एसिया बैंकको ३० करोड,शिवम् सिमेन्टको २६ करोड र सिटीजन्स लाइफ इन्स्योरेन्सको २६ करोड मूल्यको सेयर कारोबार गरी शीर्ष पाँचमा पर्न सफल भए।

कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक घट्यो। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.७९ प्रतिशतले घटेको हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.