बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ
काठमाडौं : बैंकिङ कसुर मुद्दामा कैद जरिवाना तोकिइ फरार रहेका एकजना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहु भानु नगरपालिका- १२ घर भइ हाल काठमाडौंको किर्तिपुर बस्ने ३२ वर्षीय राजु थापा रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले थापालाई बल्खुबाट सोमबार पक्राउ गरेको जानकारी दिए।
उच्च अदालत पाटन ललितपुरले बैकिङ कसुर मुद्दामा थापालाई गत असार ३ गते दुई दिन कैद र ५ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो।
पक्राउ गरेका थापालाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालत पठाइएको प्रहरीले जनाएको छ।