बागमती प्रदेश सभाको १२औँ अधिवेशन अन्त्य

बागमती प्रदेश सभाको १२औँ अधिवेशन अन्त्य
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशसभाको १२औं अधिवेशन बैठक अन्त्य भएको छ। मंगलबार मन्त्रिपरिषद् बैठकबाट सिफारिस भई आएबमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको १२औं अधिवेशन अन्त्य गरेका हुन्।

प्रदेश सभाको गत जेठ ९ गते आह्वान भई ३८ पटक सञ्चालन भएको बैठकबाट प्रदेश सरकारको आर्थिक वर्ष २०८०/०८१ को बजेट पास हुनुको साथै केही विधेयकहरू पारित भएका छन्। 

१२ औं अधिवेशनमा अर्थ सम्बन्धी २ वटासहित ४ वटा विधेयकहरू पारित भएको छ। प्रदेश सभाको उक्त बैठकहरूमा आर्थिक विधेयक २०८० र विनियोजन विधेयक २०८० सहित प्रदेश सरकारी कामकाजी भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई व्यवस्थापन ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो। 

सो अधिवेशनको बैठकमा ७ वटा विधेयकहरू दर्ता भएका थिए। जसमध्ये ३ वटा विधेयक संसदीय समितिमा छलफलका क्रममै छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.