गुल्मीका विनोद र रामकृष्णको लोभलाग्दो कृषिकर्म

गुल्मीका विनोद र रामकृष्णको लोभलाग्दो कृषिकर्म

गुल्मी : कृषि तथा पशुपालनमा भविष्य कोर्न नसक्दा कैयौं युवा रोजगारीका लागि देश छोड्न बाध्य छन्। पछिल्लो समय थुप्रै समस्या र चुनौतीको सामना गर्दै ग्रामीण क्षेत्रका केही कृषकले कृषि र पशुपालनबाट स्वदेशमै मनग्ये आम्दानी गरिरहेका छन्। त्यसैमध्येका एक कृषक हुन् गुल्मीको रेसुङ्गा नगरपालिका-१० सिमिचौरका विनोद कुँवर। उमेरले ४४ पुगेका कुँवर विगत २६ वर्षदेखि कृषिकर्ममा छन्। 

उनले २०५२ देखि तीन रोपनी जग्गामा ५० हजार लगानीमा कृषिकर्म सुरु गरेका थिए। अहिले उनको व्यवसाय फस्ट्याएर लाखौं पुगेको छ। कुँवर बिहान सबेरैदेखि बेलुका अबेरसम्म बारीमै भेटिन्छन्।

यतिबेला उनलाई बेमौसमी तरकारी रोप्न र उत्पादन गर्न भ्याई नभ्याई छ। उनले २० सालदेखि फार्म दर्ता गरेर कृषिलाई थप व्यावसायिक बनाएका छन्। कुँवरले यतिबेला लटरम्म टमाटर, सिमी, बोडी बारीमा लटरम्म फलाएका छन्।  

उनको कृषिकर्म देखेर जो कोहीको मन लोभ्याउँछ। उनले आफूलाई जिल्लाकै उत्कृष्ट तथा सफल कृषकका रूपमा चिनाएका छन्। कृषि फार्ममा यतिबेला अकबारे खुर्सानी, टमाटर, फूल तथा बन्दागोभी, सिमी लगायतका मौसमी तथा बेमौसमी तरकारी उत्पादन भइरहेको छ। 

null

उनले केही युवालाई आफ्नै फार्ममा रोजगारी दिएका छन्। उत्पादित कृषि उपज सदरमुकाम तम्घास बजार, पाल्पा, बुटवलसहित स्थानीय बजारमा खपत भएको कृषक विनोद कुँवर बताउँछन्। 

कुनै समय हजार लगानीमा सुरु गरेको कृषि अहिले लाखौं पुगिसकेको छ। उनी भन्छन् आज कृषिबाट भएको आम्दानीले छोराछोरीको पढाइ तथा घर खर्च चलाउन सहज भएको छ। 

उनको कृषि कर्मलाई परिवारले साथ दिएको छ। वार्षिक कृषि तथा पशुपालनबाट झण्डै २० लाख आम्दानी हुने कृषक कुवँर बताउँछन्। उत्पादित कृषि उपजको बिक्री गरेर खर्च बाहेक मासिक ५० हजार आम्दानी भइरहेको कुँवरले बताए। उनले गाउँका केही युवालाई रोजगारी दिएका छन्। 

null

उत्पादन गर्न सकेमा तरकारीलाई बजारीकरणको कुनै समस्या छैन। उनी भन्छन् राज्यले कृषकलाई अनुदान दिँदा कृषि फार्म र कामको अनुगमन गरेर दिनुपर्छ। अन्यथा राज्यको लगानी बालुवामा पानी हुन सक्छ। 

उनले ६० रोपनी जग्गामा कृषि गरेका छन्। 'बजार र नागरिकको आवश्यकता हेरेर मौसम अनुकुल तरकारी उत्पादन गर्नुपर्छ कृषक कहिल्लै मारमा पर्नु पर्दैन,' उनले भने।  

कुँवर जस्तै जिल्लाको छत्रकोट गाउँपालिका-४ श्रृगां राक्सेका रामकृष्ण कंडेल विगत २० वर्षदेखि कृषि व्यवसायमा छन्। कंडेलले २०७२ सालमा सम्झना फलफूल तथा कृषि नर्सरी दर्ता गरेर विरुवा उत्पादन गर्दै आएका छन्। 

उनले गतवर्ष झण्डै २७ हजार  कागति र सुन्तलाको विरुवा बिक्री गरेका छन्। बारीमा ३ सय ५० सुन्तला र २ सय ५० कागती छन्। कागति र सुन्तला खेतीबाट उनले मनग्ये आम्दानी गरिरहेका छन्। 

१६ वटा टनेलमा नर्सरी सञ्चालन र तरकारी खेती गरिरहेका छन्।  उत्पादन गरेको तरकारी पैंचो पसलले खरिद गरिदिँदा आफूलाई बजारीकरणको समस्या नभएको कृषक कंडेल बताउँछन्।  'खाडीमा गर्ने मेहेनत स्वदेशमै गर्नसके यही सुन फल्छ। उनी भन्छन्, 'परिवारसँग रमाउँदै गाउँमै कृषि गर्नुको आनन्द बेग्लै छ।' 

null

नियमित उत्पादन दिने कृषकका रूपमा उनी पैंचो पसलबाट सम्मानित समेत भएका छन्। 'कृषिमा सम्भावना छ। निरन्तरता र अथक मेहेनत गर्न सकेमा स्वदेशमै आत्मनिर्भर बन्न सकिन्छ,' उनले भने। 

गुल्मीमा ११ हजार ७ सय मेट्रिक टन तरकारी उत्पादन हुने र जिल्लाबाट प्रत्येक वर्ष १९ करोड ९१ लाखको तरकारी निर्यात हुने कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ। वैदेशिक रोजगारमा गएका देश फर्काउन र यहाँका युवालाई स्वदेशमै राख्न कार्यालयबाट विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारी जानकारी दिए। 

गत वर्षदेखि सुरु भएका कृषककर्मी रोजगार, ज्यामी ज्याला रकम दिने, करार खेती  र पूर्वाधार  खर्चका शीर्षक लगायतका कार्यक्रम निरन्तरता दिइने कार्यालय प्रमुख भण्डारीले बताए। 

पछिल्लो समय कृषिमा अपेक्षा अनुरूप आम्दानी नहुँदा युवा पेशाबाट विस्थापित हुने अवस्था सिर्जना भएको छ। भण्डारीले भने राज्यले आवश्यक सिप तालिम र औजार कृषकलाई आवश्यक सौलियतका कार्यक्रम ल्याउन जरुरी देखिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.