गाउँमा बर्थिङ सेन्टरसहितको अस्पताल सञ्चालन
नुवाकोट : गाउँका सर्वसाधारणको सुविधाका लागि नुवाकोटको पूर्वी भेगमा रहेको घले भञ्ज्याङमा बर्थिङ सेन्टरसहितको अस्पताल सञ्चालन गरिएको छ।
पञ्चकन्या गाउँपालिका –३, घलेभञ्ज्याङस्थित पञ्चकन्या अस्पतालको गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रमेशले उद्घाटन गरे। उनले यसबाट गाउँवासीलाई सामान्य उपचार तथा सुत्केरी गराउन सदरमुकाम विदुर र काठमाडौं जानु पर्ने बाध्यता हटेको बताए।
यसबाट थप्रेक, आरुखर्क, घलेभन्ज्याङ, भद्रुटार, महाकालीको माथिल्लो भेगका पाँच हजार जनाले गाउँमै उपचार सेवा पाएका छन्। तीन जनाको डेलिभरी गराइसकिएको छ। पञ्चकन्या गाउँपालिकाको लगानीमा अस्पताल सञ्चालन गरिएको हो।
प्रतिक्रिया दिनुहोस !
५