नेपाल फिनल्यान्ड चेम्बर दोस्रो वर्षमा

नेपाल फिनल्यान्ड चेम्बर दोस्रो वर्षमा
सुन्नुहोस्

चेम्बरका अध्यक्ष मुकुन्दप्रसाद तिमल्सिनाले दुई मुलुकबीच व्यापार, शिक्षा, संस्कृतिजस्ता क्षेत्रमा सुमधुर सम्बन्ध रहेको बताए। उनले भविष्यमा दुई मुलुकबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।

काठमाडौं : नेपाल फिनल्यान्ड चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ। काठमाडौँको होटल र्‍याडिसनमा चेम्बरको साधारणसभा मंगलबार भएको हो।

चेम्बरका अध्यक्ष मुकुन्दप्रसाद तिमल्सिनाले दुई मुलुकबीच व्यापार, शिक्षा, संस्कृतिजस्ता क्षेत्रमा सुमधुर सम्बन्ध रहेको बताए। उनले भविष्यमा दुई मुलुकबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे।

कार्यक्रमका विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले दुई मुलुकबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा नेपालका लागि फिनल्यान्डकी राजदूत रिना रिक्का हेक्काले आगामी दिनमा साझा हितलाई मध्यनजर गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाइने बताइन्।

कार्यक्रममा दुई मुलुकबीचको सम्बन्धमा योगदान पुर्‍याउने रूपक राजवंशी, नरेश श्रेष्ठ, उत्तम सिलवाल र उषा चापागाईंलाई सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.