साइकलमा लुकाएर ब्राउन सुगर ल्याउने ४ जना पक्राउ

साइकलमा लुकाएर ब्राउन सुगर ल्याउने ४ जना पक्राउ
सुन्नुहोस्

झापा : लेडिज साइकलको सिटमुनिको फलामे पाइपभित्र लुकाइ लागु औषध ब्राउन सुगर ल्याउने चार जना भद्रपुरबाट पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका-२ स्थित हिमाली निवासी १९ वर्षीय निसान लिम्बु, सोही ठाउँका २४ वर्षीय रिवज रनपहेली,  दमक नगरपालिका- १ निवासी रुस्बिन लिम्बु भनिने विवेक फियाक लिम्बु र दमक- २ का निश्चल भन्ने विक्रम लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। 

सोमबार साँझ पौने ६ बजे सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले भद्रपुर- ३ स्थित झोलुङ्गे पुलमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका निसान र पवनलाई रोकेर सोधपुछ गरेको र उनीहरूले लागु औषध सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएर वडा कार्यालय भद्रपुर पठाएका थिए। 

वडामा उनीहरूलाई लागु औषध दुर्व्यसन विरुद्धमा मनोपरामर्श दिएर मंगलबार अभिभावकको जिम्मा लगाएको र साइकल शङ्कास्पद देखिएकोले वडा प्रहरीमै राखिएको थियो।

 
उनीहरूलाई छाडे लगतै विवेक साइकल मेरो हो भन्दै वडा प्रहरीसमक्ष पुगेका थिए। प्रहरीले साइकलको बारेमा सोधपुछ गर्दा विवेकले साइकलको बारेमा सही कुरा बताउन नसकेपछि प्रहरीलाई थप शङ्का उत्पन्न भयो। 

प्रहरीले सोधपुछ गर्दा विवेकले साइकल मेरो नभएको विक्रम लिम्बुले लिन पठाएको भनी प्रहरीलाई बयान दिएका थिए। त्यसपछि प्रहरीले अभिभावकको जिम्मा लगाएका निसान र पवनलाई झिकाएर तीनै जनाको अगाडि साइकलको चेकजाँच गरेका थिए। 

उनीहरूले साइकल सिटमुनिको फलाम पाइपभित्र कालो प्लास्टिकमा पोका पारेको दुई पोका ब्राउन सुगर ल्याएको र जसको तौल १४ ग्राम १५० मिलिग्राम रहेको डीएसपी रिजालले बताए। विक्रमलाई पनि भद्रपुरबाट पक्राउ गरी चारै जनालाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाएको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.