कोरला बोर्डर पासका लागि एकैदिन ५० जनाले दिए आवेदन

कोरला बोर्डर पासका लागि एकैदिन ५० जनाले दिए आवेदन
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

जोमसोम : मुस्ताङको उत्तरी सिमावर्ती क्षेत्र चीनको तिब्बत भूमी प्रस्थान/प्रवेश अनुमतिपत्र वितरणका लागि जोमसोमबाट कर्मचारी खटिएका छन् । इलाका प्रशासन कार्यालय लोमान्थाङमा शाखा अधिकृत तहको कार्यालय प्रमुखविहीन हुँदा सेवा प्रवाह प्रभावित छ । 

यसैका कारण जिल्ला प्रशासन कार्यालयबाट इलाका प्रशासन कार्यालय लोमान्थाङमा बोर्डर पास वितरण गर्न कर्मचारी खटाउनु परेको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङले ३ दिनअघि गृह मन्त्रालयले पठाएको नमूना बोर्डर पास प्रेसमा छपाइ गरेको थियो । सोही बोर्डर पास लिएर नायब सुब्बा  रवि पुनसहित ४ जना कर्मचारीहरू इलाका प्रशासन कार्यालय लोमान्थाङ पुगेका हुन् । उनीहरुले मंगलबरदेखि बोर्डर पास वितरणको प्रक्रिया अघि बढाएका छन् ।

कोभिड र सुरक्षा संवेदनशीलताका कारण चीनले एकतर्फी रुपमा बन्द गरेको कोरलानाका खुल्ने र तिब्बती बजारमा पुगर मालसामान किनमेल गर्न पाइने खबरले उपल्लो मुस्ताङबासी निकै उत्साहित छन् । छिटो बोर्डर पास बनाएपछि चीनले उत्तरी कोरलानाकाको ढोका खुल्ला गरिदिने उपल्लो मुस्ताङबासीको अपेक्षा छ । 

यसैले मंगलबार पहिलो दिननै इलाका प्रशासन कार्यालय लोमान्थाङमा उपल्लो मुस्ताङीको निकै भीडभाड देखिन्थ्यो । जिल्ला प्रशासनले माग गरेको आवश्यक कागजात बोकेर उनीहरु इलाका प्रशासन कार्यालयमा पुगेका थिए । तर,सबै प्रक्रिया पुर्‍याए पनि उनीहरुले तत्कालै बोर्डर पास पाउन सकेनन् । लोमान्थाङका इलाका प्रशासन प्रमुखको दरबन्दी रिक्त रहेको र सहायाक प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले बोर्डर पास बनाउन गएकाहरू खाली हात फर्किए ।

बोर्डर पासको सेवा प्रवाहमा खटिएका नायब सुब्बा रवि पुनले मंगलबार पहिलोदिनमा ५० जनाले आवेदन दिएको जानकारी दिए । बोर्डर पास बनाउन आउनेहरू सबै लोमान्थाङ गाउँपालिका भित्रको रहेको बताए । उनीहरूको सबै कागजी प्रक्रिया भेरीफाइ पुरा गरी बोर्डर पास लिन मात्र बाँकी रहेको नायब सुब्बा पुनको भनाइ छ । 

उनले इलाका प्रमुख नभएकाले पासमा दस्तखत गर्न नमिल्ने भएकाले बोर्डर पास वितरण गर्न असमर्थ भएको बताए । ‘बोर्डर पास बनाउने सबैको कागजातको प्रक्रिया र दर्ताको काम भइरहेको छ,नायब सुब्बा पुनले भने,‘२/३ दिनपछि सिडियोसाप आउने कुरा छ ,उहाँ आएपछि बोर्डर पास वितरण हुन्छ ।’

उनले बोर्डर पास बनाउन आउनेमध्ये लोमान्थाङ २ र ४ का स्थानीय बढी रहेको उल्लेख गरे । इलाका प्रशासन कार्यालय लोमान्थाङमा शाखा अधिकृत तहको १ जना कर्मचारीसहित ७ जनाको स्थायी दरबन्दी छ । जसमध्ये  २ जना नायब सुब्बा, १ जना लेखापाल ,१ जना सहायक कम्प्युटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी रहेको हो ।

 तर, लामो समयदेखि त्यहाँ शाखा अधिकृत तहको इलाका प्रशासन प्रमुख र १ जना नायब सुब्बाको स्थान पदपूर्ति हुन सकेको छैन । यसैले पनि इलाका प्रशासन प्रमुख नहुँदा अन्य कर्मचारी हुनु र नहुनुको कुनै अर्थ नभएको प्रशासनको भनाइ छ । 

यसैले त्यहाँ तल्लो तहका कर्मचारीले जिल्ला प्रशासन कार्यालयमा अस्थायी मर्ज गरिएको थियो । २०७८ सालमा तत्कालीन इलाका प्रशासन प्रमुख देबेन्द्र पाण्डेपछि त्यहाँ इलाका प्रशासन प्रमुखविहीन भएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.