जहाज तयारी अवस्थामा राख्न निगमलाई परराष्ट्र मन्त्रालयको निर्देशन

नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल जाने

नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज आज राति इजरायल जाने
फाइल तस्बिर।

काठमाडौं : नेपाल सरकारले इजरायलमा रहेका नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज पठाउने भएको छ। नेपाल वायु सेवा निगमका प्रवक्ता रमेश पौडेलले इजरायलमा जहाज पठाउने तयारी भइरहेको बताए। उनले अन्नपूर्णसँग भने,‘पर्यटन मन्त्रालयले जहाज तयारी अवस्थामा राख्नु भन्ने निर्देशन गरेको छ। सोही अनुसार हामीले तयारी गरेका छौं।’

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलबाट नेपालीको उद्धार गर्न नेपाल एयरलाइन्सको जहाज आज राती ११ बजे उड्ने छ। मन्त्रालयका अनुसार दुबई हुँदै जहाज इजरायल जान लागेको हो।

चार्टर फ्लाइटका लागि रुट नपाइएपछि इजरायलबाट नेपालीको उद्धारमा ढिलाइ भएको परराष्ट्र मन्त्रालयको भनाई छ। विद्रोही समूह हमासको आक्रमणपछि इजरायलमा रहेकाहरूले जतिसक्दो चाँडो उद्धार गरिदिन आग्रह गरिरहेका छन्। तर, जहाज तयारी अवस्थामा राखिए पनि हवाई रुट नपाइएका कारण जहाज पठाउन ढिलाइ भइरहेको बताउँदै आएको छ। 

परराष्ट्रमन्त्री एनपी साउदले इजरायलका विदेशमन्त्री एली कोहेनलाई मंगलबार टेलिफोन गरेर इजरायलमा रहेका नेपालीलाई फर्काउन र मृतकको शव ल्याउने प्रक्रियामा सहजीकरण गरिदिन आग्रह गरेका थिए। जवाफमा इजरायली विदेशमन्त्री कोहेनले मृतक नेपाली नागरिकको शव नेपाल पठाउन, इजरायलमा रहेका नेपालीको सुरक्षा गर्न र घर फर्किन चाहनेका लागि आफ्नो सरकारले उच्चतम् सहयोग गर्ने आश्वासन दिए। 

हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको छ। बाँकी विद्यार्थी र नेपालीहरूले सरकारको उपस्थिति खोजिरहेका छन्। परराष्ट्र प्रवक्ता लम्सालले संवेदनशील क्षेत्रबाट नेपालीहरू सुरक्षित स्थानमा सारिएको जानकारी दिइन्। 

परराष्ट्र मन्त्रालयका अनुसार ३ सय ८० जनाले स्वदेश फिर्ता हुन् ‘अनलाइन रजिस्ट्रेसन’गरेका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले इजरायलमा हमास विद्रोहीको आक्रमणमा मारिएका १० नेपालीको शव तत्काल नेपाल ल्याउने व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो।

समितिको मंगलबारको बैठकले हमासको आक्रमणपछि इजरायलमा बेपत्ता भएका नेपालीको खोजी कार्य अघि बढाउन र नेपाल आउन चाहनेलाई फिर्ता ल्याउनका लागि समन्वय र पहलकदमी लिने निर्देशन दिएको हो। 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.