पाल्पाका १० स्थानीय सरकारको आम्दानी २३ करोड १७ लाख ३ हजार
तानसेन : पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिका गरी १० स्थानीय सरकारले आर्थिक वर्ष २०७९/८० मा २३ करोड १७ लाख ३ हजार ८ सय ६५ रुपैयाँ आम्दानी गरेका छन् । सबैभन्दा बढी निस्दी गाउँपालिकाले आन्तरिक आम्दानी गरेको छ। कम आम्दानी गर्नेमा पूर्वखोला गाउँपालिका रहेको छ।
निस्दी गाउँपालिकाले ७ करोड ७७ लाख २४ हजार ७ सय ८ रूपैयाँ २ पैसा संकलन गरेको छ। यसैगरी तानसेन नगरपालिकाको ७ करोड २६ लाख ५८ हजार ९ सय २३ रूपैयाँ ८९ पैसा र रामपुर नगरपालिकाका ३ करोड ७४ लाख २७ हजार ३ सय ५९ रूपैयाँ ४१ पैसा आम्दानी गरेका छन्।
तिनाउ गाउँपालिकाले ३ करोड ९० लाख ७८ हजार २ सय ९७ रूपैयाँ ६९ पैसा,माथागढी गाउँपालिकाले २ करोड ७४ लाख २ हजार ४ सय ८४ रूपैयाँ, रैनादेवी छहरा गाउँपालिका १ करोड ११ लाख ४७ हजार १ सय २२ रूपैयाँ ४० पैसा, रम्भा गाउँपालिकाले ७७ लाख ९९ हजार ९ सय ५६ रूपैयाँ, रिब्दीकोट गाउँपालिकाले ७५ लाख २१ हजार ७ सय ५० रूपैयाँ २५ पैसा,बगनासकाली गाउँपालिकाले ६८ लाख ३७ हजार ६ सय ३५ पैसा र पूर्वखोला गाउँपालिकाले ६१ लाख ९२ हजार ९ सय ८० आन्तरिक आम्दानी गरेको पालिकाहरूले जनाएका छन ।
निस्दी गाउँपालिकामा होङ्सी सिमेन्ट राजश्व बाट आन्तरीक आम्दानी बढेको प्रमुख प्रशासकीय अधिकृत धुव्र दयालले बताए । स्थानीय सरकारले मालपोत,भूमीकर, घर, जग्गा वहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, आवेदन शुल्क, नदीजन्य पदार्थ विक्री,नक्सा पास वा अभिलेखीकरण दस्तुर, भ्याट रकम, सेवा तथा अन्य र बेरुजु असुलीलगायतका आन्तरिक आम्दानी गर्दै आएका छन् ।
गाउँपालिकालाई बलियो बनाउन आन्तरिक आम्दानी बढाउनु पर्ने आवश्यकता रहेको देखिन्छ ।