इजरायल-प्यालेस्टाइन द्वन्द्व : उपचाररत ४ जना नेपाली विद्यार्थीमध्ये दुई डिस्चार्ज

इजरायल-प्यालेस्टाइन द्वन्द्व : उपचाररत ४ जना नेपाली विद्यार्थीमध्ये दुई डिस्चार्ज

काठमाडौं : इजरायलमाथि प्यालेस्टाइन विद्रोही समूह 'हमास'को आक्रमणमा परी घाइते भइ उपचारत दुईजना नेपाली विद्यार्थी डिस्चार्ज भएका छन्। बुधबार इजरायलको पछिल्लो घटनाक्रम र नेपालीहरूको अवस्थाबारे जानकारी गराउँदै परराष्ट्रमन्त्रालयले उपचाररत चारजनामध्ये दुईजना विद्यार्थी डिस्चार्ज भएको जानकारी गराएको हो।

परराष्ट्र मन्त्रालयको प्रवक्ता सेवा  लम्सालले  इजरायलको स्थानीय अस्पतालमा उपचाररत दुईजना डिस्चार्ज भएको खबर भर्खरै प्राप्त भएको जानकारी दिइन्। उनले भनिन्,'हमासको आक्रमणमा परी चारजना घाइते नेपाली विद्यार्थीको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो। जसमध्ये दुईजना डिस्चार्ज भएको खबर भरखरै प्राप्त भयो।'

सुदूरपश्चिम विश्वविद्यालयबाट गएका ४९ जनामध्ये १७ जना नेपालीहरू दक्षिण इजरायलको किवुज अलुमिम भन्ने स्थानमा रहेकामध्ये १० जनाको हमासको आक्रमणमा परी निधन भएको छ।  जसमध्ये ४ जना घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको थियो। 

इजरायलमा हालसम्म करिब ४ हजार ५०० जना नेपालीहरू केयरगिभरको रुपमा कार्यरत रहेका छन्।  इजरायलमा अध्ययन गरिरहेका २६५ जना नेपाली विद्यार्थीहरू इजरायल सरकारको लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत गएका थिए। 

तीमध्ये नेपालको कृषि विश्वविद्यालयबाट ११९ जना,त्रिभुवन विश्ववविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए। यस्तै प्रवक्ता लम्सालले हमासको आक्रमणमा परी निधन भएका १० जना नेपालीको शव इजरायली सरकारको संरक्षणमा रहेको र नेपाल ल्याउने वित्तिकै आफन्तको जिम्मा लगाइने बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.