इजरायलमा ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गर्न प्रधानमन्त्री र विपक्षी नेता सहमत

आपतकालीन सरकार गठन

इजरायलमा ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गर्न प्रधानमन्त्री र विपक्षी नेता सहमत
बेन्जामिन नेतान्याहु
सुन्नुहोस्

काठमाडौं : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र विपक्षी नेता बेन्नी गान्ट्ज आपतकालीन सरकार गठन गर्न सहमत भएका छन्। प्रधानमन्त्री नेतान्याहु र विपक्षी नेता बेनी गान्ट्जबीचको वार्तापछि यस्तो निष्कर्ष आएको हो। विपक्षी नेताहरू यायर ल्यापिड र बेन्नी गान्ट्जलाई हमासको अप्रत्याशित आक्रमणपछि शनिबार नेतन्याहुले पहिलोपटक यसका लागि आमन्त्रित गरेका थिए।

नेतन्याहु र राष्ट्रिय एकता पार्टीका अध्यक्ष गान्ट्जले बुधबार साँझ एक वक्तव्य जारी गर्दै भने, ‘दुवै जना आपतकालीन सरकार र युद्ध व्यवस्थापन क्याबिनेटको स्थापनामा सहमत भएका छौं।’ प्रधानमन्त्री, रक्षामन्त्री र राष्ट्रिय एकता पार्टीका अध्यक्ष गरी तीन सदस्यीय ‘युद्ध व्यवस्थापन मन्त्रिपरिषद्’ गठन गरिनेछ।

युद्ध व्यवस्थापन मन्त्रिपरिषद्मा पर्यवेक्षकका रूपमा दुई अतिरिक्त अधिकारी पनि रहनेछन्। राजनीतिक सुरक्षा परिषद्मा राष्ट्रिय एकता पार्टीको तर्फबाट पाँच जना बिनाविभागीय मन्त्रीहरू थपिनेछ। जसमध्ये एक जना पर्यवेक्षकका रूपमा रहनेछन्। बेनी गान्ट्ज, गिडोन सा’र, गाडी आइसेनकोट र दुई अन्य मन्त्रीहरू हुनेछन्। यो युद्ध अवधिभरका लागि मात्र रहनेछ। 

 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.