प्रतिनिधिसभा बैठक बस्दै, सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयक पेश हुने

प्रतिनिधिसभा बैठक बस्दै, सम्पत्ति शुद्धिकरणसम्बन्धी विधेयक पेश हुने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : संघीय संसदअन्तरगत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको महासचिव डा.भारतराज गौतमले जानकारी दिए।

उनका अनुसार बैठकमा कानुन,न्याय तथा मानव अधिकार सभापति बिमला सुवेदीले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक समितिको प्रतिवेदन २०८० पेश हुने संभावित कार्यसूची छ।

प्रतिनिधिसभाअन्तर्गतको कानुन,न्याय तथा मानव अधिकार समितिले बुधबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) सम्बन्धी विधेयकलाई पारित गरेको हो। उक्त विधेयकका सम्बन्धमा उपसमितिले दिएको प्रतिवेदनका केहि विषयलाई संशोधनसहित पारित गरिएको समिति सभापति विमला सुवेदीले जानकारी दिएकी थिइन्। 

यसैगरी बैठकमा शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक २०८० लाई दफावर छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूचीमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.