सोनापुरको आईपीओ बाँडफाँट
काठमाडौं : सोनापुर मिनरल्स एन्ड आयलको आईपीओ बाँडफाँट भएको छ। बुधबार गोलाप्रथामार्फत आईपीओ पर्ने १० लाख ३२ हजार १ सय ३२ जना चयन भएका हुन्। यीमध्ये ८ जनाले ११–११ कित्ता पाएका छन्।
आईपीओमा आवेदन दिनेमध्ये ११ लाख ४६ हजार ६ सय ६१ जनामध्ये १० लाख ४० हजार ७ सय ७९ जना योग्य ठहरिएका थिए। यीमध्ये ८ हजार ६ सय २८ जनाको हात खाली भएको एनआईएमबी एस क्यापिटलले जनाएको छ।
कम्पनीले १०० अंकित मूल्यमा १ सय ३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २ सय ३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो।
उद्योग प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेपछि बाँकी रहेको सेयरसमेत जोडेर कम्पनीले आइतबारदेखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो।