राष्ट्रपति पौडेलले गरे उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यलाभको कामना गरेका छन्। राष्ट्रपति पौडेलले डेङ्गु सङ्क्रमण भएपछि बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना भएका उपराष्ट्रपति यादवको स्वास्थ्यलाभको कामना गरेका हुन्।
राष्ट्रपति पौडेलले उपराष्ट्रपति यादवलाई टेलिफोन गरी स्वास्थ्यलाभको कामना गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवको स्वास्थ्य अवस्था सामान्य रहेको र संभवत: भोलि डिस्चार्जन हुने अस्पताल स्रोतले जनाएको छ।