सिद्धार्थ बैंकले गर्यो लाभांश घोषणा
काठमाडौं : सिद्धार्थ बैंकले गत आर्थिक वर्षको खुद मुनाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले चुक्तापुँजीको ४.२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।
बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले नगद लाभांशका लागि ५९ करोड ३१ लाख ८८ हजार १ सय ६६ रुपैयाँ छुट्याउने प्रस्ताव गरेको हो । बैंकको हालको चुक्तापुँजी १४ अर्ब ९ करोड छ । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।