इजरायल- हमासबीच युद्ध

इजरायलबाट आज एकजना घाइतेसहित २५० विद्यार्थी स्वदेश आउँदै

इजरायलबाट आज एकजना घाइतेसहित २५० विद्यार्थी स्वदेश आउँदै
इजरायलको तेल अविवस्थित बेन गुरियन एयरपोर्टमा आइपुगेका नेपाली विद्यार्थीहरू।

काठमाडौं : इजरायलबाट स्वदेश फर्कने चाहने २५० जना विद्यार्थी आज नेपाल आउँदैछन्। विभिन्न स्थानबाट उद्दार गरी ल्याइएका ती विद्यार्थीहरू अहिले इजरायलको तेल अविवस्थित बेन गुरियन एयरपोर्ट आइपुगेका छन्।

विमानस्थलमा आवश्यक प्रक्रिया पूरा गरेर केहीबेरमा नेपाल एयरलाइन्सको चार्टर्ड विमानबाट काठमाडौंमा आउनेछन्। प्यालेस्टाइन विद्रोही हमासको आक्रमणमा परी इजरायलमा  फसेका नेपालीहरूलाई स्वदेश ल्याउन नेपाल सरकारले आज राति नेपाल एयरलाइन्सको चार्टर्ड विमान त्यहाँ पठाएको छ। उद्दारका लागि सोही  विमानबाट परराष्ट्रमन्त्री  एनपी साउद द्वन्द्वग्रस्त क्षेत्र इजरायल प्रस्थान गरेका छन्।

विद्यार्थीहरूसँगै एकजना घाइते विद्यार्थी धनबहादुर चौधरी पनि आउँदैछन्। बाँकी दुईजना घाइतेको इजरायलको स्थानीय अस्पतालमा उपचार भइरहेको त्यहाँस्थित राजदूतावासले जनाएको छ।

इजरायलमा रहेका ३ सय ५० जना नेपाली तेल अविवस्थित नेपाली राजदूतावासको सम्पर्कमा आएका छन्। त्यसमध्ये २ सय ८८ जना स्वदेश फर्कन इच्छुक छन्। स्वदेश फर्कन चाहेका मध्ये २५० जना आज आउन लागेका हुन्।

हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ। उनीहरूको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शव अहिले इजरायल सरकारको संरक्षणमा राखिएको छ।

इजरायल-हमासको द्वन्द्वमा परी बुधबारसम्म करिब १ हजार २ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। आक्रमणमा परी २ हजार ७ सयभन्दा बढी घाइते भएका छन्। प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको प्रतिकारात्मक हवाई हमलाहरू सुरु भएयता ११ सय भन्दा बढी मारिएका र ५ हजार १ सयभन्दा बढी घाइते भएका छन्। स्वास्थ्य मन्त्रालयले यसअघि गाजामा घाइते हुनेमा झन्डै ६० प्रतिशत महिला र बालबालिका रहेका जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.