केदार कार्कीलाई कोसीको मुख्यमन्त्री बनाउन एमालेको समर्थन

केदार कार्कीलाई कोसीको मुख्यमन्त्री बनाउन एमालेको समर्थन

विराटनगर : कोसी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई बनाउन नेकपा एमालेले समर्थन दिएको छ । नेपाली कांग्रेसको संस्थापनइतर अर्थात् डा. शेखर कोइराला पक्षधर कार्कीलाई मुख्यमन्त्री बन्ने इच्छामा प्रदेशसभाको सबैभन्दा ठूलो एमालेले साथ दिएको हो । 

कोइराला पक्षका ८ जना प्रदेशसभा सदस्यसहित एमालेका सांसदहरू मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ लागेका छन् ।  एमालेको प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले एमालेले मुख्यमन्त्रीमा कार्कीलाई साथ दिएको बताए । 

एमाले संसदीय दलको कार्यालयमा भेला भएर एमाले र कांग्रेसका सांसदहरु मुख्यमन्त्रीको दाबी गर्न प्रदेश प्रमुखको कार्यालयतर्फ लागेको भण्डारीको भनाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री छाड्ने संकेत गरेपछि कोइराला पक्षले हस्ताक्षर संकलन गरेर मुख्यमन्त्रीको दाबी गर्न लागेको हो । 

गठबन्धनको बिहीबार काठमाडौंमा बसेको बैठकले मुख्यमन्त्रीमा माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई बनाउने निर्णय गरेको थियो । कांग्रेस प्रदेश संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउने पक्षमा पार्टीभित्रै मतैक्य नभएपछि गठबन्धनबाट आङ्बोले अवसर पाएका थिए । तर,कांग्रेसकै संस्थापनइतरले एमालेको साथ लिएर मुख्यमन्त्रीमा दाबी गर्न लागेको हो । कांग्रेसको इतर पक्ष केदार कार्कीलाई मुख्यमन्त्री बनाउनुपर्ने अडानमा थियो । 

आङ्बोले मुख्यमन्त्री पाउने भएपछि कोइराला पक्ष असन्तुष्ट बनेको थियो । कार्कीले आफ्नो पक्षका सांसदको हस्ताक्षर देखाएर नेकपा एमालेसँग छलफल गरेका थिए । कार्कीनिकट एक सांसद गठबन्धनको निर्णय मान्नुपर्छ भन्ने नभएको बताउँछन् । ‘संविधानले दिएको अधिकार प्रयोग गर्न खोजेका हौं । गठबन्धनको निर्णय मान्दैनौं,’उनले भने,‘संवैधानिक अधिकारको प्रयोग गर्ने छुट सांसदलाई छ । त्यहीअनुरूप निर्णय लिने हो ।’

उनले एमालेसँग सहकार्य गर्दै बहुमत पुर्‍याउन आवश्यक सांसद लिएर प्रदेश प्रमुखकोमा दाबी पेस गर्न हिँडेको बताए । कार्की पक्षले उनीसहित ८ जना सांसदको हस्ताक्षरसमेत जुटाएको छ । कार्कीलाई इतर समूहका सांसदहरु शमशेर राई, रामकुमार खत्री, लीला राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू र सुनीता गुरुङले साथ दिएका छन् ।

गयानन्द मण्डलले भने हस्ताक्षर गर्न नमानेको बताइएको छ । कांग्रेसको इतर समूहले आङ्बोलाई स्वीकार नगरेपछि कोसीमा गठबन्धनको सरकार बन्ने सम्भावना लगभग सकिएको छ । जसका कारण एमालेसँग कांग्रेसको इतर समूह मिलेपछि केदार कार्कीलाई मुख्यमन्त्री बन्न सहज हुने भएको हो । 

कोसीको ९३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्‍याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । गठबन्धन दल कांग्रेसका २९, माओवादीका १३, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टी जसपाका १ जना प्रदेशसभा सदस्य छन् । 

प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० र हालसम्म एमालेसँगै गठबन्धनमा रहेको राप्रपासँग ६ जना प्रदेशसभा सदस्य छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.