जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै कांग्रेस कोसीका उपनेता कार्कीले दिए राजीनामा

जिम्मेवारी सम्हाल्न नसक्ने भन्दै कांग्रेस कोसीका उपनेता कार्कीले दिए राजीनामा
कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्की।
सुन्नुहोस्

विराटनगर : नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलका उपनेता हिमाल कार्कीले बिहीबार पदबाट राजीनामा दिएका छन्।

 
पार्टीको प्रदेश संसदीय दलका नेता उद्धव थापासमक्ष उनले राजीनामा दिएका हुन्। थापालाई सम्बोधन गरेर राजीनामा पत्र लेखेका कार्कीले उपनेताको जिम्मेवारी सम्हाल्न नसक्ने उल्लेख गरेका छन्।
 
प्रदेशसभा सदस्यको जिम्मेवारी भने सक्रियतापूवर्क निर्वाह गर्ने कार्कीले खुलाएका छन्। उनले उपनेताको जिम्मेवारी सम्हाल्न नसक्नुको कारण स्पष्ट खुलाएका छैनन्। 

कोसीको नयाँ मुख्यमन्त्रीका लागि कार्की पनि आकांक्षी थिए। गठबन्धनले माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। 

आङ्बोले बिहीबार नै प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष मुख्यमन्त्रीको दाबी पेस गरेका छन्। ४७ जना प्रदेशसभा सदस्यको हस्ताक्षर लिएर उनले दाबी पेस गरेका हुन्। 
कांग्रेसको संस्थापनइतर समूहसहित एमालेको साथ लिएर कांग्रेसका केदार कार्कीले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्। केदार कार्कीलाई कांग्रेसका ८ जना र एमालेका ३९ जना गरेर ४७ जना प्रदेशसभा सदस्यले समर्थन गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.