गोली हानी लुटेरा पक्राउ

गोली हानी लुटेरा पक्राउ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : हतियारसहित लुटपाट गर्ने समूह र प्रहरीबीच गोली हानाहान भएको छ। गोकर्णेश्वर नगरपालिका–३ को जगडोलमा बिहीबार दिउँसो भएको झडपमा प्रहरीले गोली चलाएको छ। ३ वटा मोटरसाइकलमा ५ जनाको समूह बौद्ध एरियामा लुटपाट गर्न जाँदै थिए। चेकजाँचका क्रममा लुटेरा समूहले प्रहरीमाथि आक्रमण गरेको थियो। नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार प्रहरीलार्ई आक्रमण गर्ने तीनजना पक्राउ परेका छन्। दुईजना फरार रहेका छन्। पक्राउ पर्नेमा सिन्धुलीका ३६ वर्षीय अमर घलान, सर्लाहीका सन्त लामा, सिन्धुपाल्चोकका जितेन लामा छन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार प्रहरीको गोली लागेर अमर घलान घाइते भएका छन्। उनलाई दाहिने घुँडामुनि–१ र तीघ्रामा–१ गरी २ गोली लागेको छ। घाइते घलानको जोरपाटीस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको छ। उनी कर्तव्य ज्यान मुद्दामा फरार रहेका अभियुक्त हुन्। सिन्धुलीमा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ। यस्तै सन्त लामा र जितेन लामाको पृष्ठभूमि पनि राम्रो छैन। उनीहरूविरुद्ध सार्वजनिक मुद्दा तथा अभद्र व्यवहारको मुद्दा दर्ता रहेको छ। 

प्रवक्ता रेग्मी भन्छन्, ‘यो समूह राजधानीमा सुन तस्करी र लुटपाटमा संलग्न भएको प्रमाण प्रहरीले फेला पारेको छ। लामो समयदेखि प्रहरीले यो लुटेरा समूहको निगरानी र खोजी गरिरहेको थियो। यसैक्रममा बिहीबार चेकजाँचका क्रममा प्रहरीलार्ई आक्रमण गरेको थियो। विदेशबाट गैरकानुनी रूपमा आएको सुन तस्करी र लुटपाट गर्ने कार्यमा घलानको समूह सक्रिय रहेको प्रहरीको दाबी छ। 

गोकर्णेश्वर नगरपालिका–३ को जगडोलमा ३ वटा मोटरसाइकलमा आएका लुटेरा समूहलाई पछ्याउँदै गएको काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीमाथि गोली प्रहार गरेका थिए । प्रहरीमाथि गोली प्रहार भएपछि अपराध अनुसन्धानको टोलीले जवाफी कारबाही गरेको थियो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरले लुटेरा समूहलार्ई नियन्त्रण लिने क्रममा प्रहरीमाथि पेस्तोल प्रहार गरेको बताए। प्रहरीले आत्मरक्षाका लागि दुई राउन्ड गोली चलाएको उनले जानकारी दिए। गोली लागेका घलानको साथबाट सात राउण्ड गोली र एक  नाल पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार उनीहरू वौद्ध एरियामा सक्रिय रहेको सूचना प्रहरीले पाएको थियो। नियन्त्रणका लागि गएको प्रहरीमाथि नै आक्रमण गरेपछि गोली चलाएको प्रहरीको दाबी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.