लोकतन्त्रमा निरन्तर प्रश्न

युग परिवर्तनसँगै सत्ताको नयाँ चेतनाको भाष्य बन्न थाल्यो।

लोकतन्त्रमा निरन्तर प्रश्न

हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीबारे समीक्षा गर्न कत्तिा पनि हिच्किचाउन हुन्न। निरन्तर छलफल, चिन्तन, मनन्, बहस र निष्कर्ष लोकतन्त्रको सौन्दर्य हो।

वर्ण व्यवस्था र पूर्ण अवस्था कहिल्यै कतै सम्भव छैन। अपूर्णतामा पूर्णता खोज्ने आममान्छेको मानवीय प्रवृत्ति छ। कुनै पनि कुराको पूर्णता भनेको त्यो चिजको भौतिक अस्तित्व समाप्ति भनेर बुझ्न सकिन्छ। किनकि सबै व्यवस्था र राजनीतिक प्रणालीका गुण र दोषहरू हुन्छन्। अपूर्णता पूर्णता खोजको मार्ग हो। असन्तुष्टि नै सन्तुष्टि खोज्ने र अधिकतम सन्तुष्टिका लागि प्रयत्नशील रहने मार्ग हो। त्यसैले असन्तुष्टि र अपूर्णतालाई पूर्ति गर्ने यत्नमा मान्छे प्रगतिको भर्‍याङ चढ्न सफल भएको हो।

प्रगतिको पनि कहिल्यै अन्त्य र पूर्ण विराम हुँदैन, जसरी सन्तुष्टि र पूर्णतामा ब्रेक लाग्दैन। राजनीतिक प्रणाली पनि त्यस्तै अपूर्णतामा पूर्णता खोज्ने अभ्यास मानिन्छ। थुप्रै प्रयोग, परिस्कार र परिमार्जनसहित राजनीतिक प्रणाली कार्यरत रहन्छ। कुनै पनि वाद, प्रणाली, सिद्धान्त र संरचना निर्विकल्प हुँदैन। निर्विकल्प भनेको नयाँ सम्भावना र खोजको अन्त्य हो। तसर्थ आजको युगमा विकल्पहरू बनिरहन्छन्। विकल्पहरू सामान्य विकल्प र सामान्य प्रतिस्थापन मात्र होइन, उत्तम विकल्प सर्वोत्तम विकल्प हो। यद्यपि सर्वोत्तम भनिएको विकल्प पनि निर्विकल्प भनिनु हुँदैन। केन्द्रहरू भञ्जन हुन्छन्, निर्माण, पुनर्निर्माण र विनिर्माणहरू भइरहन्छन्। संविधान पनि त्यस्तै एउटा विधान हो, जसलाई समयक्रममा विपठन, पुनर्पठन र उत्तर पठन गरिरहनु पर्छ।

भारतमा सन् १९९५ मा बनेको संविधान २०० पटकसम्म संशोधन गरिसकिएको छ। संविधान संशोधनले संविधानको गरिमा घट्दैन। न संविधान नै खोटो हुन्छ। हरेक कुरा आवश्यकताको सिद्धान्तले परिचालित र परिलक्षित हुन्छन्। बस्, आवश्यकता सानो समूहको लघु स्वार्थका लागि बन्नु हुँदैन। संविधान र पार्टी आदिको पनि नयाँ स्वरूपमा निर्माणले पुनर्निर्माण चलिरहन्छ। गठन र पुनर्गठन भइरहनु पर्छ। विघटन पुनर्गठन र पुनप्र्राप्तिको मार्ग हो। 

पुरानो विचार नयाँले प्रतिस्थापन गर्छ। पुरानो व्यक्तिको ठाउँमा नयाँको उदय हुन्छ। मान्छे शिशु, बाल, युवा, वयस्क, अधवैंशे वृद्ध हुने ‘लाइफ सर्कल’ जस्तै हो समाजको चक्र पनि। सत्य सापेक्षित हुन्छ उसै भनिएको होइन। सत्यलाई हेर्ने दृष्टिकोण एकल नभएर बहुल हुनुपथ्र्याे तर विगतमा एकल सत्यको कुरा गरिन्थ्यो। आज त्यो मान्यता र सिद्धान्त खण्डित भएको छ। सिक्काको एकापट्टि हेरेर तय गरिने धारणा खण्डित भएर दुवैतिर अध्ययन गरेर निकालिने निचोडले तथ्य बोल्ने कुरामा सबै सहमत छन्।

दिनको उल्टो रात बुझिँदैन, लोग्नेमान्छे र स्वास्नीमान्छे दुई विपरीत अर्थ होइनन्। छोरा र छोरीमा प्राकृतिक भिन्नता भए पनि सामाजिक भिन्नता हुनुहुन्न। कालो रङ रङको एक प्रकार मात्र हो। अन्य रङजस्तै केवल फरक रङ मात्र हो। कालो भनेको नकारात्मक र अयोग्यता होइन। अब पनि कालो रङलाई नराम्रो भनेर बुझियो बुझाइयो भने जातीय विभेदजस्तै रङ्गभेद पनि कायम छ भनेर बुझ्नु पर्छ। रङभेद होस् या जातिभेद यी ध्वस्त पार्ने चिज र चिन्तन हुन्। रङ कुनै विशेष गुण र योग्यता होइन। त्यसैले कालो खराब भन्ने रङ्गभेदी चिन्तन खारेज गरिनु पर्छ। यदि कालो रङ खराब र अयोग्य हो भने कालो वर्ण श्याम वर्णका मान्छे पनि खराब भन्ने निस्कर्ष निस्कन्छ। खराब कुनै जात त रङ होइन, खराब प्रवृत्ति हो। कालो फगत रङ हो। निकृष्ट र निकम्मा वस्तु होइन। द्वितीय विश्वयुद्धपछि ज्ञानको फैलावट, विश्व भूमण्डलीकरण, सूचना–प्रविधिको यो हदको रफ्तारमा विकास र विस्तार, सांस्कृतिक अन्तर्मिश्रण, बहुलवाद, माक्र्सवाद विरोधी मान्यता, केन्द्र भन्जनको अवस्था, उपभोक्तावाद, औपनिवेशिक साम्राज्यवाद, अनेक रूप र तरिकका विस्तारवाद आदि नीतिहरूको विकास तीव्र रूपमा हुन पुग्यो।

यससँगै लियोटार्ड, मिसेल फुको, ज्याक डेरिडा फ्रेडरिक जेम्सन आदि विद्वान्ले संसारलाई हेर्ने परम्परागत दृष्टिकोणलाई भन्जन गरे। अनि नवीन ढंगले पुनव्र्याख्या गर्ने कुरा गरे र आफ्नो तहबाट त्यसको प्रयास गरे। संसारले नयाँ नयाँ दृष्टिकोण पायो र अनेकन आयामबाट विश्वदृष्टि निर्माण भयो। परम्परागत ज्ञानलाई उल्टाएर पनि प्रश्न गर्ने ज्ञानले मौका पायो। ज्ञान निर्माणको थलो विश्वविद्यालयका औपचारिक कक्षा र प्रयोगशाला मात्रै हुँदैनन्। ज्ञान र खोज जुनसुकै समाज विज्ञानको प्रयोगशालामा पनि गर्न सकिन्छ। ज्ञान, सूचना, विवेक एकै होइनन्, यी फरक फरक आयाम र आयतन भएका संकेतहरू हुन्।

ज्ञान गलत र खराब दुवै हुन्छ। ज्ञान भन्ने बित्तिक्कै असल मात्र हुन्छ भन्ने पूर्वमान्यता ‘रिथिंक’ र ‘रिभिजिट’ गर्न बाध्य बनायो। माथिबाट भनिने कुराहरू तलबाट पनि भन्न सकिन्छ भन्ने विचारधारामा बहस हुन थाल्यो र भुइँतहका कुरा पनि सुन्न सुनिन थाले। यस्तै उपक्रमहरूको मेलोमा क्रमभंग गर्ने क्रम बढ्यो। क्रमिक र व्यतिक्रमिक हुने साहित्य र संरचनाको खोजी भयो। नेपाल पनि सबैभन्दा कान्छो गणतान्त्रिक मुलुकमा परिणत भयो। २०६३ को अन्तरिम संविधानले राजतन्त्रलाई निष्क्रिय बनायो भने औपचारिक रूपमा अन्त्य चाहिँ २०६५ जेठ १५ गतेको संसद्को घोषणाले गर्‍यो।

जन्म श्रेष्ठताको भाष्य परिवर्तन गरेर सामान्य मान्छे पनि सत्ता र सरकारको सर्वोच्च पदमा पुग्ने अवधारणा नेपालमा पनि कार्यान्वयनमा आयो। तीन हजार वर्ष अघिदेखि इतिहासले बताएको प्रथम राजा भूमि गुप्तबाट सुरु भएको मानिन्छ राजतन्त्र। २ सय ३७ वर्ष देखिको एकल वंशीय राजतन्त्र शाहवंश पृथ्वीनारायणदेखि ज्ञानेन्द्र तेह्रौं तथा अन्तिम राजाको रूपमा ज्ञानेन्द्र शाहलाई बिदा गर्‍यो। राजतन्त्र समाप्त भयो। राजतन्त्र एउटा त्यस्तो र संसारमै सबैभन्दा पुरानो र राजनीतिमा संस्थागत भएको संस्था हो, जसको विघटनपछि पनि सांस्कृतिक धार्मिक परम्परगत रूपमा र मानसिक संरचनाको रूपमा पछिसम्म यसका अवयवहरू बाँचिरहन्छन्। एउटा युग ढले पनि त्यसका अवशेषहरू कालान्तरसम्म रहिरहन्छ।

युग परिवर्तनसँगै सत्ताको नयाँ चेतनाको भाष्य बन्न थाल्यो। निक्रिष्ट युगको अन्त्य र उत्कृष्ट युग मानव मर्यादाको युगको प्रचार गरियो। अनुपस्थितिमा नै उपस्थितिबोध हुने नीति र कार्यक्रम सिद्धान्त अबको युगको माग हो। व्यक्तिको व्यवस्थापन धेरै भयो अब मुद्दाको व्यवस्थापनको समय हो। हामीले अवलम्बन गरेको राजनीतिक प्रणालीबारे समीक्षा गर्न कत्ति पनि हिच्किचाउन हुन्न। निरन्तर छलफल, चिन्तन, मनन्, बहस र निष्कर्ष लोकतन्त्रको सौन्दर्य हो। नेपालले प्रयोगमा ल्याएको चुनाव प्रणाली र संघीयताबारे हामी कहाँ चुकेको छौं ? त्यसको पुनरावलोकन गर्ने बेला आएको हो कि ?

यस्तै, समानुपातिक निर्वाचन प्रणालीले पुर्‍याएको योगदान र यसका कमजोरीमा कता पल्ला भारी छन् ? समानुपातिक र समावेशी निर्वाचन प्रणालीले दलित, महिला, मुस्लिम, पिछडिएको क्षेत्र खस आर्य कसको हित कति गर्‍यो ? कति गर्‍यो राजनीतिशास्त्रीय समाजशास्त्रीय मूल्यांकन गरिनुपर्छ। जति धेरै प्रश्न गर्‍यो त्यति नै लोकतन्त्र मजबुत भएर जान्छ। फरक यति हो हरेक प्रश्नमा स्वच्छ र सामयिक चेत अनिवार्य मानिन्छ। अप्रश्नीय कोही हुँदैन, जो अप्रश्नीय भएर रहन चाहन्छ त्यसको शीघ्र पतन अवश्यम्भावी छ। प्रश्नको सामना गर्ने मान्छे, संस्था र प्रणालीको आयु लामो रहन्छ। अपौरुषेय र अप्रश्नीय बन्ने रहर लोकतन्त्रका लागि घातक र विषम प्रमाणित भएको इतिहास साक्षी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.