मानव अधिकारकर्मीको प्रदर्शनमा प्रहरी हस्तक्षेप,कृष्ण पहाडीसहित १६ जना पक्राउ

मानव अधिकारकर्मीको प्रदर्शनमा प्रहरी हस्तक्षेप,कृष्ण पहाडीसहित १६ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : मानवअधिकार तथा शान्ति समाजको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। विभिन्न माग राखी विरोधमा उत्रिएकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको हो।  सिंहदरबारको दक्षिण गेटमा प्रर्दशन गरिरहेका १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण गेटअगाडि विरोध प्रदर्शन गर्ने क्रममा मानवअधिकारवादी कृष्ण पहाडी, रामकृष्ण बराल,उत्तम पुडासैनीसहित १६ जना पक्राउ परेका हुन् । अधिकारकर्मी विकास थापा, सानु लामा, रीता अधिकारी, ईश्वर पुडासैनी, तुलसीराम भण्डारी, नानीकाजी गिरी, मनबहादुर थापा, नरेन्द्रमान श्रेष्ठ, मधु पुडासैनी, कल्याण बुढाथोक, धर्मराज न्यौपाने पनि प्रहरी नियन्त्रणमा छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौका प्रवक्ता कुमोध ढुंगेलका अनुसार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । अधिकारकर्मीहरूले हातहातमा प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए ।  प्लेकार्डमा‘शान्ति सम्झौताको मर्मअनुरूप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर,संक्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसदमा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाऊलगायतका नारा लेखिएका थिए।

प्रदर्शनकारीले जनयुद्ध दिवसका नाममा राष्ट्रिय विदा दिने निर्णय गलत भएको बताएका छन्। उनीहरुले कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरूपयोग बन्द गर्न सरकारसमक्ष आग्रह गरेका छन्।

अधिकारकर्मीले  हत्या–हिंसा महिमामण्डन गर्न पाइदैन, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौं, पीडकलाई आममाफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र आपराधीकरणलाई बढावा दिने काम बन्द गर, महंगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइ? लगायतका नारा लगाएका थिए । 
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.