महिला आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन
काठमाडौं : राष्ट्रिय महिला आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन बुझाएको छ।
शुक्रबार शीतलनिवासमा आयोजित कार्यक्रममा महिला आयोगको अध्यक्ष कमला पराजुलीले राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन बुझाएकी हुन्।
यसैगरी राष्ट्रपति पौडेलसमक्ष मधेशी आयोग र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पनि बुझाइएको छ।