देशमा अनियमितता बढ्यो : नेता केसी

देशमा अनियमितता बढ्यो : नेता केसी
सुन्नुहोस्

नुवाकोट : नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले देशमा व्यापक अनियमितता बढेको दावी गरेका छन्। भ्रष्टाचारले देश समस्यामा परेको अवस्थामा समेत गठबन्धन सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको नेता केसीले बताए। 

नुवाकोटको पिपलटारमा शुक्रबार आयोजित कार्यक्रममा नेता केसीले देश भ्रष्टाचारले चुर्लुम डुबेको दावी गरे। सरकारले देशलाई सन्तुलनमा राख्न नसकेको उल्लेख गर्दै नेता केसीले मिलेर खानकै लागि गठबन्धन बनेको र यो असफलतातर्फ गएको आरोप लगाएका छन्। 

नेता केसीले दलहरू मिलेर ३० वर्षे पञ्चायत, १०४ वर्षे राणा शासन, २३८ वर्षे राजतन्त्र अन्त्यका लागि गरेको आन्दोलन र संघर्षको मर्मलाई अहिले भ्रष्टाचारले छोपेको गुनासो गरे। 

उनले भ्रष्टाचार र तस्करीमा राज्यका संयन्त्र लागेको बताउँदै अहिले नेपाल र नेपाली जनतामाथि दलीय डकैती भइरहेको पनि आरोप लगाए। उनले देशमा प्रणाली परिवर्तन गरी जनताको पक्षमा कार्य गर्नुपर्ने बताए। 

केसीले देश वैदेशिक ऋणको भारीले थिचिएको कारण अर्थतन्त्र जटिलतामा पुगेको बताए। ५० प्रतिशत वैदेशिक ऋण पुग्नुले कहालीलाग्दो स्थिति भएको समेत उनको भनाइ छ। 

उनले देशमा सरकारले यतिखेर बेइमानी गरेको, अव्यवस्थालाई प्रश्रय दिएको, विधि र विधि विधान  मिचेको, देशको लक्ष्यलाई भुलेको र सबैलाई मिलाएर लैजान नसकेको आरोप लगाए। 

उनले आफ्नै दल नेपाली कांग्रेसको नेतृत्वप्रति असहमति जनाउँदै विधि, प्रक्रिया र लोकतन्त्रको मर्मलाई भुलेको आरोप लगाएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.