चंगा फरर फुल्छ फूल फूलबारीमा
मनमा फूल फुल्दा, संसार सब फुल्दछ
फुलोस् ज्ञानको फूल, बास्ना चल्छ सरर
चुलिन्छ उचाइ हाम्रो, न झुक्छ नेपाली शिर।
नटिप्नु मनको फूल, मनमा दाग लाग्दछ
मनको लागेको दाग, धोएर कहाँ जाँदछ,
मन र’छ अति साह्रो जोडुँ मन के गरी ?
फोड मनको चट्टान, बनी पिपलु सरी।
- ज्ञानप्रसाद भट्टराई