आयामिक निबन्धका सञ्चार
‘सुन्दरीचोक’। जो मल्लकालीन संस्कृतिका जीवन्त अनुभूतिका प्रक्षेपण। अन्तरंगले रङ भरिन्छ। पुस्तकमा भावपूर्ण शब्द–संयोजन, वाक्य–विन्यास।
सुन्दर चुस्त मुसुक्क मस्केर छम्छमाएकी सुन्दरीकै हाउभाउ छम्छमाएकी लालीदार युवतीतुल्य ठानें ज्ञानेन्द्र विवशको ‘सुन्दरीचोक’। जो मल्लकालीन संस्कृतिका जीवन्त अनुभूतिका प्रक्षेपण। अन्तरंगले रङ भरिन्छ। पुस्तकमा भावपूर्ण शब्द–संयोजन, वाक्य–विन्यास। लेख्नु शब्द–संयोजन। वाक्य–विन्यास अन्तराल छचल्काई पाठक गणलाई मोहित पार्ने कलात्मक तरंग।
रचना उत्तिकै प्रभावशाली जँचिन्छ जतिखेर पाठकीय मनलाई अकास्याउन सार्थक बन्छ–बनेको हुन्छ। मन अकासियो मेरो। अनुभूतिजन्य कावा खाँदै। भन्छ– आफैंसित ज्ञानेन्द्र– ज्ञानको इन्द्र। पाइन्छ गर्न विचरण। भेट्टाएँ ‘सुन्दरीचोक’भित्र संग्रहका एकल पहिलो निबन्धमा। उनी सजीव ‘सुन्दरीचोक’का। इँटा–इँटा बोल्छन् अवाक वाचा। भन्छन्– बुझ्ने समझदार चेतनारायणहरू तमामलाई। मात्र थाक्नु छ मगनमस्त ध्यान लगाएर।
‘सुन्दरीचोक’ गाता कलात्मक सुन्दर। झन्डै मल्लकालीन लिपि। नेपालभाषाका सामान्य लिपि। गाताका आवरण–कला अमूर्त कारीगरी जीवन राजोपाध्यायका। ‘सुन्दरीचोक’ निबन्ध बहुआयामिक। चोकभित्रका प्रत्येक झ्यालका चौकोस नेवारी–नेपाली काष्ठकारीले ओतप्रोत। टँुडालहरूका देवीदेवताका मूर्तिहरू व्याख्यावर्णन योग्य। टुँडालका मूर्तिका हस्तमुद्रा, पादमुद्रा खुट्टाका मुद्रा उस्तै। देवी दुर्गेभवानीका मुद्रा अलग–अलग मुद्रामय। आँखैदेखि साक्षी। किन्तु मूर्तताभित्रका अमूर्तता बुद्धिविलासिताका कसरत बन्छ। त्यसको शिल्प–साधना मनन् गर्नु अपरिहार्य छ नै। स्थल अवलोकन व्याख्यान उपाय मनज्ञ ज्ञानेन्द्रीय विज्ञान बन्छ। कृतिको चित्र पुस्तककै आवरण चोकका मध्यस्थ ढुंगेधारा–लोहहिती नेपालभाषा शब्द।
हिटी नेपालीमा रूपान्तरित शब्द। नेपालभाषा दन्त्यप्रधान। नेपाली मूर्धन्य। भोटाहिटी नेपालभाषा। भोटाहिटी मूर्धन्य प्रधान। हितीको ती उच्चारण गर्दा ‘ती’ जिब्रोका टुप्पाले दाँत छुन्छ। भोटाहिटीको ‘टी’ उच्चारण गर्दा जिब्रोको छुप्पो तालुका स्थान छुन पुग्छ। अलि सूक्ष्म भाषाविज्ञान– ‘सुन्दरीचोक’ प्रसंग मच्चाउँदा–मच्चाउँदै जयतु संस्कृतम् !
‘सुन्दरीचोक’ प्रवेश गर्दै आगन्तुकका नयनजोडी सुन्दरी लोहहिटी सामुन्ने जडित ढुंगे आसन दृष्टिगोचर बन्छ। शिलासन ढंगका कलात्मक आशन। कलात्मक ! कलात्मक भन्नु सीपयुक्त शिलाकारका सीपले सजिएका। सीपले सजिनु कला–साधना। साधना प्रविधिवान् हुन्छ। साधनाले सीपलाई सँगाल्छ। सीपबिना साधना हुन्न, प्राप्तिन्न। शिलासन मल्लकालीन राजाहरूका राज्यारोहण समारोहका बिन्दु–केन्द्र स्थल। पाषाण वस्तुलाई कलात्मक सीपले कुँदिरही सुन्दर बन्नुको सजीव प्रमाण शिला–सिंहासन। मल्लकालीन युग आत्मनिर्भरताको युग। मल्लकालीन ऐतिहासिक युग ! ऐतिहासिक युगले इतिहास संवरण गर्छ महŒवपूर्ण। युगीन परम्परा आत्मनिर्भरताको।
नबिर्सी दिए हुँदो हो हामी हाम्रा चेतहरूले ‘चेतना भया’ युग संवाहकहरूमा। ‘चेतना भया’ वाक्यांश युग प्रवर्तक बडामहाराजा पृथ्वीनारायण शाहका ! ‘सुन्दरीचोक’ र यस्तै तत्कालीन तीन मल्लकालीन तुलजा भवानी मन्दिर परिसर आबद्ध तीनवटै चोकहरूमा। ललितपुर, कान्तिपुर दरबार–तुलजा भवानी परिसरभरि। जहाँ तुलजा भवानी परिसर त्यहीँ मल्लकालीन दरबार। भवानीप्रतिका प्रगाढ–अगाध श्रद्धा–भक्तिभाव !
युगै भक्तिभावमय। अगाध आस्थामय भक्ति रस अनुरक्त। बेढंगी अनुरागमाथि नराख्ने आस्था। स्वच्छ, स्वछन्द भुक्ति–मुक्ति अनुरागका प्रतिमूर्ति भगवान् भरोसाका जमाना–युग। अनास्थाले भगवान्प्रति विवेक बिलाउँछ विवेकशील मानिस ईश्वरीय मनमस्तिष्क र विवेकका खानी। विवेकका स्वामी भन्नु सद्भावका खानी। सुन्दरीचोकका अनुपम रानी।
सुन्दरीचोकका संयोजनमा सघाउने योजनाकार चानचुने मस्तिष्कका कुबेर थिएनन्। भूत, भविष्य, वर्तमानका त्रिकालदर्शी विवेकका ‘सारथि’ हुन् भन्नु फरक परोइन। चोकका आँगन–प्रांगण साक्षी बन्छ। सुन्दरीचोक युगसंवाहक दसी–प्रमाण।
‘सुन्दरीचोक’ भित्री पानाको चतुष्कोणिक चित्र पुस्तकमा प्रस्तुत चित्रले प्रदर्शन गर्न आएको देखिन्न। दुई कोणिक प्रस्तुतिले समेटेका दृश्य नै पर्याप्त लाग्छ। चारैतिरका सम्पूर्णता अवलोकन गर्न। हाम्रा पारम्परिक अवलोकन विधिले प्रशस्तीकरण गर्न सघाउँछ। बल पुर्याउँछ। सुन्दरीचोकको मध्यस्थ तुसाःहिति नितान्त कलात्मक। देवीदेवता गणका भव्य मूर्तिहरू जाज्वल्यमान। तिनका मुद्रामय अवस्थिति तन्त्र–मन्त्रयुक्त। एउटै मूर्तिकलामा जडित मुद्रा–भाव–भंगीमा युक्त छ। तिनका विश्लेषण छुट्टै हुनु गर्नु उपयुक्त ठान्छु। हाम्रा दीक्षा मन्त्रका कर्मवीर–गुरु ब्राह्मण–पुरोहित–कर्माचार्य–गुरुवाचार्यका वचनामृत अपरिहार्य बन्छ। यस सन्दर्भमा परम्परा धान्न।
सुन्दरीचोक तीनतले छ– चौतर्फमै। सबैभन्दा तल्लो छेंदी–छिँडी (ग्राउन्डफ्लोर–बेसमेन्ट) खम्बा–तोरण काष्ठकारीगरीयुक्त आकर्षक। छिँडी÷छेंदीका अर्थविन्यास बन्छ सिंगो घर अडेको आधार भूमि। द्वारहरू कुना–कुनामा जडिएका छन्। ठाउँ खेर नजाओस् हेतु यसमा अन्तर्निहित ज्ञान–वास्तु–विज्ञान मध्यकालका मल्लकालीन मन्त्र, तन्त्र, यन्त्र विधि। विज्ञानमा आधारित यन्त्र। यन्त्रले गरेको आविष्कार। आविष्कारमा आधारित खोज। खोजमाथि अर्को खोजले ल्याएको नौलो–नौलो उपलब्धि वैभव सान्दार हाम्रै हाम्रो। दुईमत यसमा हुँदो हो कसको ? सुन्दरीचोकमाथिका कोणिक दृष्टि र व्याख्या बन्छ युगीन। युगीन व्याख्या प्राचीनतामाथि प्रक्षेपण हुने गरिने अर्वाचिन गन्तव्यभित्रका मन्तव्य अनि गन्तव्या नि !
सुन्दरीचोक मध्ययुगीन प्रविधि पुराण यो प्रस्तुत चित्रले समाहित गरेको एकातिरका दुई शिला–स्तम्भ दीपदानी। दीपदानी पाश्चात्य लवजमा लालाय्मपोस्ट। स्तम्भका शिरणीमा ‘देवा’ संयोजित छ। ‘देवा’ नेपालभाषाका लवन–सलोदो बाल्ने भाँडो। मध्ययुगीन प्रविधि। तेल थप्दै गर्दा चाहिए जति अवधि धानिन्छ भव्य। सुकुन्ना बाल्छौं अझै घर–घरमा हामी। ‘सुकुन्ना’ नेपालभाषाका लवज। सु–तेल। ‘कुन्ना’ संस्कृत शब्दको अपभ्रंश ‘कुण्ड’को। ‘कुण्ड’ भन्नु भन्दाभन्दै ‘कुन्ना’ भनिन थाले। ‘कुण्ड’भन्दा जिब्रो फड्कार्नु पर्छ। ‘कुन्ना’ भन्दा पर्दैन। पुरुष–नारीबीचको विभेद भेटिन्छ यहाँ भाषिक संस्कारमा। सुन्दरीचोकभित्र विचरण गर्दा प्रत्युत्पन्न उद्गार यो ! युगपोषण ठान्छु– ज्ञानेन्द्रजीलाई हौस्याइँ बनोस् ! हौस्याइँका पारा यस्तै !
सुन्दरीचोक दलान तीन कबलका। तोरणजडित। तोरण स्वयात अभिनन्दनका बन्छ प्रतीक। मातँ–माटन–माउ तल्ला। मा=गाउँ। तँ=तल्ला। कोण–कोणमा दुई ठूला तिकिझ्या=आँखीझ्याल। रानी–महारानी–छोरीहरूले हेर्न–देख्न मिल्ने। सहरियाले भित्र देख्न नसकिने। अचेल झैं पर्दा लाउन नपर्ने। आँखेझ्याल महात्म्ये ! बीचको झ्याल खोल्न मिल्ने। चौतर्फी एक समानजडित–समानुपातिक। तेस्रो तलाका झ्यालहरू कोसोझ्याः (ल) यसमा एकदुई हात जति बाहिर दलिन निकाली भित्र खाटजस्तै बस्न–सुत्न मिल्ने ठाउँ बनाइएको। त्यहाँ बसेर चोकमा देखाइने नाच–गण हेर्न अवलोकन गर्न सकिने खाट। यस प्रकारका निर्माण वास्तुकला÷स्थापत्यकलाका अर्को प्रकरण। कोसो÷घोप्टे झ्यालसम्बन्धी विवरणका छेस्को।
सुन्दरीचोकका तुसाःहितिको शिरानी। सजिएको छ तीनतल्ले मिहिन शिला–मन्दिर लरतरे देखिन्न। मिहिन कारीगरीपूर्ण कलाकौशलका चित्ताकर्षक कारीगरी। कृतिको एकै पठनमा आउने मनका उमंग यो ! निबन्धका शिल्पी यी निबन्धकारलाई सुमंगल टीकोटालो अपर्णन्छु ! जयतु ‘सुन्दरीचोक’ !