गाईघाट बजारमा सरसफाई अभियान सुरु
उदयपुर : उदयपुरको सदरमुकाम गाईघाट बजारमा सरसफाई अभियानलाई तीव्रता दिइएको छ। त्रियुगा उद्योग वाणिज्य संघको अगुवाइमा त्रियुगा नगरपालिका, सुरक्षा निकाय, गैरसरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, नेपाल पत्रकार महासंघ लगायत १६ वटा निकायले संयुक्त रूपमा सरसफाई अभियान सुरु गरेका हुन्।
उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईलीले बजार आसपासका क्षेत्रमा डेंगुको संक्रमण बढ्दै गएकाले न्यूनीकरणका लागि अभियान सुरु गरिएको बताए।
त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेतले अभियानलाई लगातार सञ्चालन गरी बजारलाई सफा, सुन्दर र हराभरा गर्ने बनाइने बताए। उनले गाईघाटलाई फोहोरमुक्त सहर बनाउने लक्ष्य रहेकाले सबै क्षेत्रबाट अभियानमा जोडिने योजना रहेको बताए।
उपमेयर महेश्वरी राईले बजारबाट निस्कने फोहोरलाई सुरक्षित गरी सिधैं सरसफाइको गाडीमा लगाएर डम्पिङ गर्ने व्यवस्था मिलाइएको बताइन्। उनले बजार क्षेत्रको सौन्र्दयताका लागि साइडमा वृक्षारोपणलाई समेत निरन्तरता दिने बताइन्।