कोरला नाकामा नेपाल-चीनबीच छलफल, ७५० जनाले लिए बोर्डर प्रस्थान अनुमति

कोरला नाकामा नेपाल-चीनबीच छलफल, ७५० जनाले लिए बोर्डर प्रस्थान अनुमति
उपल्लो मुस्ताङको चराङमा स्थानीयलाई बोर्डर प्रस्थान अनुमतिपत्र वितरण गर्दै।

जोमसोम : उत्तरी चीनको सीमावर्ती क्षेत्र तिब्बतको कोरला नाका आसपासका दुई स्थानीय तहका नागरिकलाई बोर्डर प्रस्थान अनुमतिपत्र वितरण गरिएको छ। 

बुधबारदेखि इलाका प्रशासन कार्यालयले बोर्डर पास अनुमतिपत्र वितरण गरेको छ। शुक्रबारसम्म उपल्लो मुस्ताङका झन्डै ७५० जनाले कोरला बोर्डर प्रस्थान अनुमतिपत्र लिएका छन्।

इलाका प्रशासन कार्यालय लोमान्थाङले ४ सय ५० जनाको बोर्डर प्रस्थान अनुमतिपत्र पास वितरण गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। सीमा बोर्डर पास दर्ताका लागि आवेदन दिएका र कागजात पूरा गरेका सबैलाई शनिबार बोर्डर पास वितरण गरिएको प्रजिअ पन्तको भनाइ छ। बोर्डर पास बनाउन युवादेखि वृद्धवृद्धाहरूसमेत आएको प्रजिअ पन्तले बताए।

त्यस्तै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डको चराङबाट २ सय ४० जनाले कोरला बोर्डर प्रस्थान अनुमतिपत्र लिएका छन्। बोर्डर पास बनाउन छुटेकालाई अनुकूल समय मिलाएर पास वितरण गरिने प्रशासनले बताएको छ।

कोरला नाकामा नेपाल-चीनबीच बैठक
शनिबार नेपाल-चीन समकक्षी बैठक कोरलाको तिब्बती भूमीमा सम्पन्न भएको छ। बैठकमा नाका सञ्चालन तथा व्यवस्थापनका विषयमा अनौपचारिक छलफल भएको प्रजिअ जनकराज पन्तले जानकारी दिए। 

छलफलमा प्रजिअ पन्तसहित नेपाल पक्षबाट सुरक्षा निकाय र उपल्लो मुस्ताङका दुई गाउँपालिकाका जनप्रतिनिधि उपस्थित थिए। बैठकमा कोरलानाका खोल्न नेपालले आवश्यक तयारी पूरा गरेको र बोर्डर पास वितरण पनि भइरहेको चीन पक्षलाई जानकारी गराईयएको प्रजिअ पन्तले चीन पक्षलाई जानकारी दिएका छन्। 

चीन पक्षका समकक्षी टोलीले नाका खोल्न चीन सकारात्मक रहेको र यसका लागि केन्द्रको निर्णय पर्खनुपर्ने बैठकमा बताएका थिए। कोभिड र सुरक्षा संवेदनशीलताका कारण लगातार ४ वर्षदेखि बन्द रहेको नाका खुल्ने तयारी र धमाधम बोर्डर पास वितरण गर्न थालिएपछि उपल्लो मुस्ताङीहरू उत्साहित भएको लोमान्थाङ-३ का स्थानीय कर्मा सम्टुक गुरुङले बताए।

सीमावर्ती क्षेत्रका बासिन्दाले अल्पकालीन ब्यापार मेलामा गएर खाद्यान्न, लत्ताकपडा,  कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, किराना सामान, निर्माण सामाग्री र भेडा च्यांग्रा आयात गरिन्थ्यो। नेपालबाट यार्सा गुम्बा, पस्मिना र स्थानीय उत्पादन निर्यात गरिन्थ्यो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.