हमासको आक्रमणमा १०० बढी विदेशीको मृत्यु

हमासको आक्रमणमा १०० बढी विदेशीको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

पेरिस : हमासले गत साताबाट इजरायलमाथि गरेको आक्रमणमा मृत्यु हुने विदेशी नागरिकको संख्या सय नाघेको छ। यसमा सबैभन्दा बढी अमेरिकी नागरिक छन्।

एएफपीले सम्बन्धित देशका राजदूतावास र विदेश मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकअनुसार इजरायलमा कट्टरपन्थी इस्लामिक समूह हमासको आक्रमणमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ३ सय र यसमध्ये सबैभन्दा बढी इजरायली रहेका छन् भने मृतकमध्ये एक सयभन्दा बढी विदेशी नागरिक रहेको पुष्टि भएको हो। 

गाजा पट्टीका स्वास्थ्य अधिकारीहरूले इजरायली आक्रमणमा परी कम्तीमा २ हजार २ सय १५ जनाको मृत्यु भएको जानकारी दिएका छन्। शनिबारसम्मको तथ्यांकअनुसार आक्रमणमा १ हजार २ सयभन्दा बढी इजरायली नागरिकको मृत्यु भएको इजरायल सरकारले पुष्टि गरेको छ।  (रासस/एएफपी)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.