उदयपुरमा गाँजा खेती नष्ट
उदयपुर : उदयपुरको अलग–अलग दुई स्थानमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। जिल्ला प्रहरी कार्यालयले सञ्चालन गरेको सात दिने अवैद्य गाँजा खेती नष्ट अभियान अन्तरगत बेलका नगरपालिका र ताप्ली गाउँपालिकामा लगाइएको प्रतिबन्धित गाँजा खेती नष्ट गरिएको हो।
एसपी रमेश थापाका अनुसार ताप्लीका विभिन्न वडाका १ सय ५ रोपनी जग्गामा लगाएको १ लाख १३ हजार गाँजा खेती नष्ट गरिएको छ। त्यसैगरी बेलका–७ मैनामैनीको विभिन्न स्थानमा ६ कठ्ठा जग्गामा लगाइएको गाँजाको बोट इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थाइ प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले नष्ट गरेको हो।
प्रहरीले घटनाको थप अनुसन्धान भइ रहेको जनाएको छ।