वडा कार्यालयको भवन निर्माण

वडा कार्यालयको भवन निर्माण
सुन्नुहोस्

मकवानपुर : मनहरी गाउँपालिका ७ नम्बर वडा कार्यालयको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिएको छ। बागमती प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले आइतबार पानसमा दिप प्रज्वलन गर्दै शिलालेखको ब्यानर उघारेर भवन उद्घाटन गरे। 

भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता बानियाँले संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात् धेरै उत्तरचढावका बाबजुद स्थानीय तहको स्थापनापछि बनेको वडा कार्यालय भवनबाट अब जनताले सहजरूपमा सम्पूर्ण सेवा लिन पाउनेमा खुशी प्रकट गरे। 

संघीयतामा सबैको अस्थित्व र पहिचानलाई स्थायित्वका लागि स्थानीय तह अपरिहार्य रहेको बताउँदै बानियाँले जनताको अवस्था परिवर्तन गर्न स्थानीय निकायको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। 

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि निजामती कर्मचारी र राजनीतिमा भएका गल्ती कमजोरीलाई क्रमशः सुधार गर्दै लानुपर्ने उनको भनाइ छ। मनहरी गाउँपालिकाको बजेटमा रत्नकुमारी एण्ड सन्स् प्रालि हेटौंडाले ८७ लाख रुपैयाँमा सो भवन निर्माण गरेको वडाध्यक्ष ठाकुरराम तितुङले बताए। 

वडाभित्र रहेका रमन्टार मावि र रोटरी माविमा टाढाटाढाबाट अध्ययनका लागि आउने जेहेन्दार छात्रछात्राहरूलाई दुई लाख बराबरको २३ वटा साइकल वितरण गरिएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.