७ सयलाई कोरला बोर्डर पास

७ सयलाई कोरला बोर्डर पास
उपल्लो मुस्ताङको चराङमा स्थानीयलाई बोर्डर प्रस्थान अनुमतिपत्र वितरण गरिँदै।
सुन्नुहोस्

जोमसोम : कोरलानाका आसपासका दुई स्थानीय तहका नागरिकलाई चीनको तिब्बती भूमि जानका लागि बोर्डर प्रस्थान अनुमतिपत्र वितरण कार्य अन्तिम चरणमा पुगेको छ। गत बुधबारदेखि इलाका प्रशासन कार्यालयले बोर्डर पास अनुमतिपत्रको प्रक्रिया अघि बढाएको थियो। उपल्लो मुस्ताङको चराङ केन्द्रबाट पनि शुक्रबार बोर्डर पास वितरण गरियो। 

उपल्लो मुस्ताङका झन्डै ७ सय ५० जनाले कोरला बोर्डर पास प्राप्त गरिसकेका छन्। इलाका प्रशासन कार्यालय लोमान्थाङले ४ सय ५० जनाको बोर्डर पास वितरण गरेको  प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए। सीमा बोर्डर पास दर्ताका लागि आवेदन दिएका र कागजात पूरा गरेका सबैलाई शनिबार बोर्डर पास वितरण गरिएको प्रजिअ पन्तको भनाइ छ। बोर्डर पास बनाउन युवादेखि वृद्धवृद्धाहरूसमेत आएको प्रजिअ पन्तले जनाए।

यसैगरी उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्डको चराङबाट २ सय ४० जनाले कोरला बोर्डर प्रस्थान अनुमति पाइसकेको यसै गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बोर्डर पास वितरण गरेको अध्यक्ष बिष्टले बताए।

लोघेकर दामोदरकुण्डमा ७४ वर्षीय पुरुष र ६६ वर्षीया महिलाले बोर्डर पास लिएको अध्यक्ष बिष्टको भनाइ छ। गाउँपालिकामा करिब चार सय जनाले बोर्डर पास बनाउने अनुमान गरिएको गाउँपालिका अध्यक्ष बिष्टले बताए। 

बोर्डर पास उपल्लो मुस्ताङका दुई गाउँपालिकाको केन्द्रबाट वितरण गरिएको हो। लोमान्थाङका इलाका प्रशासन कार्यालय र लोघेकरको चराङ केन्द्रबाट पास वितरण गरिएको छ। बोर्डर पास बनाउन छुटेकालाई अनुकूल समय मिलाएर पास वितरण गरिने प्रशासनले जनाएको छ।

नेपाल—चीन समकक्षी बैठक 

नेपाल—चीन समकक्षी बैठक शनिबार कोरलाको तिब्बती भूमिमा सम्पन्न भएको छ। बैठकमा नाका सञ्चालन तथा व्यवस्थापनका विषयमा अनौपचारिक छलफल भएको प्रजिअ पन्तले जानकारी दिए। छलफलमा प्रजिअ पन्तसहित नेपाल पक्षबाट सुरक्षा निकाय र उपल्लो मुस्ताङका दुई गाउँपालिकाका जनप्रतिनिधि उपस्थित थिए। बैठकमा कोरलानाका खोल्न नेपालले आवश्यक तयारी पूरा गरेको र बोर्डर पास वितरण पनि भइरहेको चीन पक्षलाई प्रजिअ पन्तले जानकारी गराएका थिए। उता, चीन पक्षका समकक्षी टोलीले नाका खोल्न चीन सकारात्मक रहेको र यसका लागि केन्द्रको निर्णय पर्खनुपर्ने बैठकमा बताएका थिए।

धमाधम बोर्डर पास वितरण भएपछि उपल्लो मुस्ताङी उत्साहित भएको लोमान्थाङ—३ का स्थानीय कर्मा सम्टुक गुरुङले बताए। अब नाका खुलेपछि बाह्रैमहिना तिब्बती बजारमा पुगेर मालसामान किन्न पाइने भएकोमा उपल्लो मुस्ताङी खुसी छन्। कोभिडअघि तिब्बती भूमिमा अल्पकालीन व्यापार मेला लाग्ने गथ्र्यो। मेला सकिएपछि भन्सारका कर्मचारी जोमसोम आएर बस्थे। असार र भदौ महिना सीमित समयबाहेक अन्य समयनाका पूरै बन्द हुन्थ्यो। अब बोर्डर पास भएपछि तिब्बत बजारमा पुगेर सामान जुनसुकै बेला किन्न पाइनेछ।

नेपाल पक्षबाट सीमावर्ती क्षेत्रका बासिन्दाले खाद्यान्न, लत्ताकपडा, कस्मेटिक सामान, इलेक्ट्रोनिक उपकरण, किराना सामान, निर्माण सामग्री र भेडाच्याङ्ग्रा आयात गरिन्छ। नेपालबाट यार्सा गुम्बा, पस्मिना र स्थानीय उत्पादन निर्यात गरिन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.