सरकारमा छिर्‍यो एमाले

सरकारमा छिर्‍यो एमाले
फाइल तस्बिर।
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबारदेखि कार्यभार सम्हालेका छन्। प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलार्ई आइतबार शपथ ग्रहण गराएपछि उनले कार्यभार सम्हालेका हुन्। मुख्यमन्त्रीसँगै आइतबार नै दुईजना मन्त्रीलेसमेत पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कार्कीले एमाले सांसद रामबहादुर राना र इलामका कांग्रेस सांसद शमशेर राईलार्ई मन्त्रीमा नियुक्त गरेका छन्। नवयुक्त मन्त्रीलाई भने कुनै मन्त्रालयको जिम्मेवारी तोकिएको छैन। 

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा शनिबार कार्की कोशीको मुख्यमन्त्री नियुक्त भएका हुन्। कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलार्ई शनिबार मुख्यमन्त्री नियुक्त गरेका हुन्। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले सबै राजनीतिक दलको सहयोग लिएर संघीयता पूर्ण कार्यान्वयनमा लाग्ने लक्ष्य रहेको बताएका छन्। उनले प्रदेशवासीमा सुशासनको प्रत्याभूति गराउँदै सहजरूपमा प्रदेश सरकारको प्रभावकारी सेवा प्रवाह गरी प्रदेशवासीलार्ई संघीयताको अनुभूति गराउनु नै आफ्नो प्रमुख उद्देश्य रहेको बताए। 

उनले कोशीको राजनीतिक संकट हटेको दाबीसमेत गरे। कोशीमा प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ भन्ने चिन्ता तत्काल हटेको मुख्यमन्त्री कार्कीको भनाइ छ। ‘प्रदेशसभा विघटन हुन्छ कि मध्यावधिमा जान्छ भन्ने जनतामा चिन्ता र चासो थियो’, उनले भने, ‘राज्यको ढुकुटी खर्च हुने पो हो कि भन्ने चिन्ता हटेको छ।’

उनले कोशीमा राजनीतिक संकट समाधान भएको बताए। मुख्यमन्त्री कार्कीले कोशीमा सहमतिको सरकार बन्ने बताए। उनले सहमतिको सरकारका लागि ढोका खुला रहेको बताउँदै भने, ‘यसअघिका मुख्यमन्त्रीले पनि सहमतिको सरकारका लागि आह्वान गरेका थिए। सहमतिको सरकार लागि ढोला खुला छ।’ मुख्यमन्त्री कार्कीले प्रदेशमा देखिएका सामाजिक, सांस्कृतिकलगायत विभिन्न विषयमा वार्ता, छलफल र सहमतिका आधारमा टुंगो लगाउने बताए। उनले प्रदेशको समृद्धिका लागि हातेमालो गर्दै अगाडि जाने पनि जनाए। उनले भौतिक विकास मात्रै नभइ मानवीय विकास पनि सरकारको प्राथमिकतामा रहने उल्लेख गरे।

उक्त अवसरमा निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेशमा सुशासन र शान्तिसँगै स्थिरताका लागि कांग्रेस र एमालेको सहकार्य भएको बताए। प्रदेशमा शान्तिसुरक्षा कायम गर्न र सामाजिक सद्भाव खल्बलाउने काम निस्तेज पार्न सवै दलहरूसँग सहकार्य गर्न आफूहरू तयार रहेको उनले बताए। सवै दलहरूलार्ई सँगै लिएर हिँड्नुपर्ने मर्मलार्ई बलियो बनाउन एमाले जुनसुकै त्याग गर्न तयार रहेको बताए। माओवादी सरकारमा आए के गर्ने भन्ने प्रश्नमा उनले भने, ‘पछि भन्ने छौं।’  

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.